कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हाजार्ड कुर्दै बेल्जियम

एएफपी

ब्रसेल्स — विश्वकपअगाडिको अन्तिम अभ्यास खेलमा बेल्जियमले इडेन हाजार्डको चोटलाई सहनुपरेको छ । सोमबार चेल्सी स्टार हाजार्डले चोटका कारण मैदान छाडेको खेलमा बेल्जियमले ब्रसेल्समा कोस्टारिकालाई ४–१ ले पराजित गर्‍यो ।

हाजार्ड कुर्दै बेल्जियम

दाहिने एङकलमा चोट लागेका कारण हाजार्डले ७० मिनेटमै मैदान छाड्नुपरेको थियो । रोमेलु लुकाकुको दुई गोलमा बेल्जियमले विश्वकपमा प्रतिस्पर्धा गर्न लागिरहेको कोस्टारिकामाथि रवाफ देखाएको हो । बेल्जियमका प्रशंसकमा हाजार्डका सहकर्मी र व्यवस्थापकजस्तै २७ वर्षे विङ्गरले विश्वकप गुमाउने हो भन्ने चिन्ता देखिन्थ्यो ।


‘मलाई इडेनबारे चिन्ता छैन, उनी शक्तिशाली खेलाडी हुन् । धेरैपल्ट उनीमाथि प्रहार भएको छ, तर तुरुन्तै उनी फर्केर आउँथे,’ लुकाकुले भने । खेलमा अर्को गोल ड्रिज मर्टेन्सले गरेका थिए । हाजार्डको शट डिफ्लेक्टेड भएपछि मर्टेन्सले टयापिङ गरेका थिए । उनले हाजार्डबारे भने, ‘उनी धेरै बलिया खेलाडी हुन्, त्यसैले म भन्छु उनी फिट भएर खेल्ने छन् ।’


प्रशिक्षक रोबर्टो मार्टिनेजले हाजार्डको चोटमा चिन्ता गर्नुपर्ने स्थिति नरहेको जनाए । ‘उनी बलिया खेलाडी हुन्, खेल समाप्तिका क्रममा चोटले उनी खेल्न नसक्ने भएका मात्र हुन्,’ मार्टिनेजले भने, ‘उनको प्रदर्शनबाट म सन्तुष्ट छु । उनी चुस्त र बलियो देखिएका थिए । उनी फूर्तिला पनि छन् ।’ हाजार्डका भाइ एवं बेल्जियम टिममा रहेका थोर्गानले बेल्जियमको एक समाचारपत्रसँग भनेका छन्, ‘उनलाई अलिकति चोट लागेको हो । इडेन ठीक हुनेछन् । दु:खको विषय के हो भने मेरो पास लिनेक्रममा उनी घाइते हुनपुगे ।’


सोही समाचारका अनुसार हाजार्ड निजी विमानका साथ लन्डन लागेका छन् । बेल्जियमको टोली बुधबार विश्वकपका लागि रुस जाँदै छ । बेल्जियम समावेश समूह ‘जी’ मा इंग्ल्यान्ड, ट्युनिसिया र पानामा रहेका छन् । पानामासँग टोलीले सोमबार सोचीमा विश्वकपमा आफ्नो पहिलो खेल खेल्नेछ ।


मार्टिनेजको बहुप्रतिभाशाली टोलीले घाइते रक्षक भिन्सेन्ट कोम्पनीबिनै खेलेको थियो । त्यही पनि कास्टारिकालाई त्यो भारी परेको थियो । जबकि ब्रायन रुइजको गोलमा कोस्टारिकाले २४ औं मिनेटमा अग्रता लिएको थियो । गत साता इजिप्टलाई ३–० ले पराजित गरेको बेल्जियमले हाजार्डको विश्वस्तरीय प्रदर्शनमा मध्यान्तरमा २–१ को अग्रता बनाएको थियो ।


मर्टेन्स र लुकाकुको गोलमा बेल्जियम खेलमा पहिलोपल्ट अगाडि रहेको थियो । म्यानचेस्टर युनाइटेडका अग्ला स्ट्राइकर लुकाकुले ५० औं मिनेटमा शक्तिशाली हेडमा आफ्नो दोस्रो गोल गरे । ६४ औं मिनेटमा उनले स्ट्राइकर मिची बाटसुएयीलाई चौथो गोलका लागि पास मिलाइदिए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?