१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मेक्सिकोको मानसिक युद्ध

न्यूयोर्क टाइम्स

एरिलिङ्टन — विश्वकपमा यो कथा हो, निरन्तर समान प्रदर्शनको । तर, यसमा मेक्सिकोलाई अब रुचि हुने छैन । लगातार छ विश्वकप भएको छ, मेक्सिकोले आफ्नो टिम पठाइरहेको । ती सबै विश्वकपमा मेक्सिको नकआउट चरण पनि पुगेको छ ।

मेक्सिकोको मानसिक युद्ध

तर, प्रत्येकपल्ट दोस्रो चरणबाट घर पनि फर्केको छ । यो क्रमलाई टुंग्याउन एकपछि अर्को प्रशिक्षक पनि ल्याइए । त्यसमध्ये केहीले कडा मिहिनेतमा जोड दिए । केहीले राष्ट्रिय भावना बढाउने काम गरे ।

अझ तेस्रोले त खेलाडीको मानसिक स्थिति नै फेर्ने योजना बुने । तर, नतिजा प्रत्येकपल्ट उस्तै । जति बेला मेक्सिको विश्वकपका लागि यसपल्ट मैदानमा उत्रनेछ, त्यति बेला उसको टिम दशकौंयताको सबैभन्दा उत्कृष्ट रहने छ । जति खेलाडी छन्, त्यसमध्ये आधाले युरोपका लिगमा खेल्छन् । केही ओलम्पिकमा स्वर्ण पदक विजेता छन् । अनि जति किशोरहरू बाँकी छन्, उनीहरू उमेर समूहका विश्व च्याम्पियनसमेत हुन् ।

तर, टिम जस्तै होस्, खेलाडीको खास युद्ध हुनेछ, मानसिक । के मेक्सिकोको अहिलेको टिमले आफूलाई मानसिक रूपमा बलियो सावित गर्दै दोस्रो चरणबाट बाहिरिने टिमको छविमा सुधार गर्न सक्छ त ? मेक्सिको साँच्चै यस्तै चाहन्छ, त्यसैले टिमका प्रशिक्षक जुवान कार्लोस ओसोरिओले एउटा उपाय निकालेका छन् । सन् २०१६ मा टिममा इमानोल इब्रारोन्डोलाई ‘कोचिङ स्टाफ’ का रूपमा थपियो । र, उनी हुन्, टिमका मानसिक प्रशिक्षक ।

ओसोरिओले आफ्नो निर्णयको रक्षा पनि गरेका छन्, किनभने उनको यस पाइलापछि आलोचना गर्नेहरू धेरै निस्के । विशेषत: मेक्सिकोको मिडियाले यो निर्णयलाई हुनसम्म उडाए । जवाफमा प्रशिक्षकको उत्तर थियो, ‘अमेरिका विश्वकै सबैभन्दा सफल देश हो, त्यसै देशका खेलाडीले लामो समयदेखि मानसिक सहयोग लिइरहेका छन् । हामीले पनि यस्तो गर्छौं भने के समस्या भयो र ?’ त्यसो त यो मेक्सिकोको खेल क्षेत्रका लागि नयाँ थियो नै ।

तर, सर्वथा नयाँ पनि होइन । सन् २००६ मा प्रक्षिकले आफ्ना खेलाडीलाई त्यहाँको प्राचीन पिरामिड लगे, सँगै थिए, आध्यात्मिक प्रशिक्षक । त्यति बेलाको उद्देश्य थियो, खेलाडीको ऊर्जा बढाउने । त्यति बेला पनि प्रशिक्षकको दाबी थियो, यस्तो कामले अन्तत: खेलाडीलाई फाइदा भने गर्छ । यो धेरैका लागि नयाँ पनि सावित भयो । त्यसो त अहिलेका इब्रारोन्डो पनि व्यावसायिक मानसिक सल्लाहकार भने होइनन् ।

उनले कुनै समय छोटो समयका लागि व्यमवसायिक फुटबल खेले, स्पेनतिर । सन् १९९० तिर उनले संन्यास लिए र बने, ‘खेलकुद नेतृत्व’ का गुरु । सन् २००६ मा उनले स्पेनको बिलबाओमा एउटा संस्था पनि निर्माण गरे । त्यसको उद्देश्य थियो, खेलाडी, प्रशक्षिक र तिनका सहयोगीले आफूभित्र रहेको प्रतिभालाई तिखार्न मद्दत गर्ने । उनले पछि यससम्बन्धी पुस्तक नै लेखेका छन् र यसमा सामूहिक कामको सात खम्बा हुने बताएका छन् ।

त्यसमा एक खम्बा हो, सकारात्मक र सहानुभूति राख्न सक्ने सोच । सबै खाले अनुमानबीच प्रशिक्षक ओसोरिओ र खेलाडीले के अनुभव गरे भने टिममा यी गुरुको उपस्थितिले सकारात्मक प्रभाव पारेको छ । मार्चमा भएको एक फ्रेन्ड्ली खेलपछि डिफेन्डर म्यागुएल लयान, स्ट्राइकरद्वय ज्याभिएर हर्नान्डेज र मार्को फाबिनले माने, आफ्ना प्रशिक्षकको निर्णय ठीक रहेछ । गुरुको आगमनले टिमका केही बानी बेहोरामा सुधार आएको छ ।

‘अहिले हाम्रो आत्मविश्वास उच्च छ,’ फाबिनले भने, ‘उनले हामीलाई अनुभव गराएका छन्, हामी सबैं एउटै जहाजमा छौं, जसको बाटो एउटै छ, लक्ष्य समान छ ।’ ओसोरिओका अनुसार मेक्सिकोको विश्वकप तयारीका क्रममा इब्रारोन्डोले क्रियाकपलाप लाखे, पूरा खेलाडी र कोचिङ स्टाफसँगै । त्यस क्रममा खेलाडीले अनुभव गरे, ‘मिडियासँग रिसाएर व्यवहार गर्नुभन्दा मित्रवत् कुराकानी गर्नु राम्रो हुँदो रहेछ ।’

इब्रारोन्डोको खेलाडीसँग गर्ने व्यवहार भने यस्तो छ, प्रत्येकसँग एक्लाएक्लै कुराकानी । प्रत्येक खेलाडीको आवश्यकता र समस्या अरूसँग नमिल्ने गर्छ । उनी कुराकानीकै माध्यमबाट समस्या समाधान गर्न खोज्छन् । यस्तोमा खेलाडीको प्रतिक्रिया रहेको छ, ‘अहिलेसम्म जति भयो, यसले खेलाडीलाई आपैंmले उत्कृष्ट बनाउन प्रेरित गरेका छ ।’ सन् १९९४ मा मेक्सिको दोस्रो चरणमा बुल्गेरियासँग पराजित रह्यो, पेनाल्टी–किकमा ।

सन् १९९८ मा त्यही चरणमा मेक्सिकोलाई जर्मनीले हरायो । सन् २००२ मा अमेरिकाले मेक्सिकोलाई पराजित गर्‍यो । त्यसको चार वर्षपछि टिमको जिम्मा पाएका अर्जेटिनी प्रशिक्षक रिकार्डो ला भोल्पेले माने, दोस्रो चरण पुगेपछि मेक्सिकोको टिमलाई मानसिक समस्या हुँदो रहेछ । यो समस्या भावनात्मक पनि छ । किन हो दोस्रो चरण पुग्यो कि खेलाडीले बिस्तारै आत्मविश्वास गुमाउन थाल्छन् ।

त्यति बेला उनी भन्थे, ‘मेक्सिकोको टिम त्यति बेला डुब्छ, जुन बेला डुब्नुपर्ने कारण हुन्न ।’ सन् २००६ मा मेक्सिकोलाई आघात पुर्‍याउने काम गरेको अर्जेन्टिनाले । अनि सन् २०१० मा ? फेरि एकपल्ट अर्जेन्टिना । चार वर्ष अगाडि ब्राजिलमा भएको विश्वकपमा मेक्सिको दोस्रो चरणमा पराजित रह्यो, नेदरल्यान्ड्ससँग । यसपल्ट रुसमा मेक्सिकोको स्थिति के होला ? के टिमको नयाँ प्रयोगले रंग देखाउनेछ त ?

राउल मिलचिस

न्युयोर्क टाइम्स

प्रकाशित : जेष्ठ २८, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?