मार्टिनेजको ‘माइन्ड गेम’- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मार्टिनेजको ‘माइन्ड गेम’

बीबीसी

लन्डन — अर्जेन्टिना र फ्रान्सबीच आइतबारको विश्वकप फाइनलअगाडि सबैले लियोनल मेसी र केलियन एमबाप्पेबारे मात्र कुरा गरिरहेका थिए । तर खेलपछि एक अर्को नाम थपिएको छ । त्यो हो, इमिलियानो मार्टिनेज । रोमाञ्चक, उतारचढावपूर्ण र भावनात्मक १ सय २० मिनेटको खेलपछि पनि स्थिति ३–३ कै बराबरीमा थियो । यस्तोमा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको निर्णयका लागि आवश्यक थियो टाइब्रकेर ।

यसमा अर्जेन्टिनाका चारै खेलाडीले गोल गरेर आफ्नो काम गरे । मार्टिनेजले भने अर्को काम गरे फ्रान्सेली मुटुलाई छियाछिया पार्ने । निर्धारित र अतिरिक्त समयको खेलमै एमबाप्पेले पेनाल्टीबाट गोल गरिसकेका थिए । त्यसैले कसैलाई शंका थिएन, उनले फेरि पनि गोल गर्नेछन् भनेर । तर त्यसपछि भने पेनाल्टी सुटआउटको केन्द्रविन्दुमा रहे यिनै एस्टन भिल्लाका गोलरक्षक । सबैभन्दा पहिले उनले किंग्सले कोमनको प्रहार रोके ।

त्यसपछि उनले खेले, ‘माइन्ड गेम’ । यसको मदतमा उनले फ्रान्सेली खेलाडीलाई थप दबाबमा राखे । भएको के थियोभन्दा जति बेला अरू लियोन चोहमेनी पेनाल्टी प्रहारका लागि अगाडि बढेका थिए, त्यही बेला उनी ठूलै दबाबमा थियो । उनीमाथि फ्रान्सेली विश्वासको भार थियो । यही मौका छोपेर मार्टिनेजलले बल यसरी अगाडि बढाए कि ती रियल म्याड्रिड मिडफिल्डरलाई त्यही बल लिन केही पाइला चाल्नुपरेको थियो । जसले थप दबाब सिर्जना गरेको थियो ।

त्यसपछि मार्टिनेजले त्यस्तो केही शब्द बोले, जुन यहाँ उल्लेख गर्न मिल्दैन । तर, यसको प्रभाव भने लोहमेनीमा परिहाल्यो । यस्तोमा २२ वर्षीय युवा खेलाडीको प्रहार पोस्टको केही दुरीबाट बाहिरियो । यही प्रहारले अर्जेन्टिनालाई सन् १९८६ यता पहिलोपल्ट साँच्चै विश्वकप उपाधिको निकै नजिक पुर्‍याएको थियो । लगत्तै कोलो मुनीले गोल गरे, तर अर्जेन्टिनालाई खुसी मनाउनबाट रोक्ने केही सेकेन्डको चालमात्रै साबित भयो ।

अर्जेन्टिनाका लागि सब्स्टिच्युट खेलाडी गोन्जालो मोन्टियलले निर्णायक विजयी प्रहारलाई गोलमा परिणत गरिहाले । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भन्छन्, ‘मार्टिनेज निकै सकारात्मक पाराका खेलाडी हुन् । टाइब्रेकर अगाडि नै उनले आफ्ना साथीहरूलाई भनिसकेका थिए, आफूले केही प्रहार रोक्ने भनेर ।’ फाइनल हेरेका लगभग सबै फुटबल पण्डित यो तथ्यमा सहमत छन् कि टाइब्रेकरमा मार्टिनेजले साँच्चै निर्णायक ‘माइन्ड गेम’ खेले ।

अझ मुख्य कुरा त के भने मार्टिनेजले अतिरिक्त समयको अन्त्यतिर वास्तवमै उत्कृष्ट बचाउ नगरेको भए यो टाइब्रेकर पनि आवश्वयक पर्ने थिएन । लिभरपुल डिफेन्डर इब्राहिम मोनाटेले निकालेको बलमा मुनीले यसरी अगाडि बढाए कि मार्टिनेजले बहादुरीपूर्वक अगाडि बढेर साहसिक बचाउ गरे । कतारमा उनले गोलरक्षकका रूपमा गरेको यो उत्कृष्ट बचाउमध्ये एक रह्यो । त्यसैले त उनी विश्वकपकै ‘गोल्डेन ग्लोभ्स अवार्ड’ का विजेता पनि रहे ।

पूरा विश्वकपमा उनले तीन खेलमा ‘क्लिन सिट’ राखे । मार्टिनेजलले अर्जेन्टिनाका लागि खेलेको धेरै भएको छैन । जति खेलेका छन्, त्यसमा छाप छाडेका छन् । गत वर्ष अर्जेन्टिनाका लागि डेब्यु गरेयता उनले आफ्नो देशलाई कोपा अमेरिका जित्न मदत गरे । अहिले उनकै निर्णायक खेल मदतमा अर्जेन्टिनाले विश्वकप जितेको छ । आर्सनलमा आठ वर्ष बिताएका मार्टिनेजको त्यहाँको अनुभव खासै उल्लेखनीय रहेन । उनले त्यसक्रममा छपल्ट लोनबाट अर्को क्लबबाट खेले ।

यसबीचमा उनले आर्सनलका लागि जम्मा ११ पल्ट लिगमा खेले । दुई वर्षअगाडि उनले भिल्लासँग अनुबन्ध गरेका थिए । यिनै पछिल्ला दुई वर्षमा भने उनी एकाएक परिपक्व गोलरक्षक बनेका छन् । आफ्नो खेलजीवनमा उनी निकै संयमित रहेका छन् । पेनाल्टी सुटआउटबारे उनी भन्छन्, ‘त्यति बेला के भयो, म त्यो शब्दमा बयान गर्न सक्दिनँ । तर पूरा अवधिमा म तनावबाट भने मुक्त थिएँ । टाइब्रेकर पनि त्यसरी नै अगाडि बढ्यो, जसरी हामीले चाहेका थियौं ।’

प्रकाशित : पुस ५, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

एमबाप्पे सर्वाधिक कमाउने फुटबलर

बीबीसी

लन्डन — फोर्ब्सको सूचीमा केलियन एमबाप्पे सर्वाधिक कमाइ गर्ने फुटबलरमा पहिलो नम्बरमा आएका छन् । पछिल्ला ९ वर्षमा लियानेल मेसी र क्रिस्टियानो रोनाल्डोबाहेकका खेलाडी यो सूचीमा पहिलो पटक शीर्षस्थानमा आएका हुन् । 

फोर्ब्सले अनुमान गरेअनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी) का २३ वर्षे फरवार्डले यो सिजनमा १२ करोड ८० लाख डलर कमाइ गर्नेछन् । मेसी दोस्रो र रोनाल्डो तेस्रो स्थानमा छन् । एमबाप्पेसँगै पीएसजीबाट खेलिरहेका अर्जेन्टिनी स्टार मेसीको कमाइ यो सिजन १२ करोड र म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोले १० करोड कमाउने आँकलन फोर्ब्सले गरेको छ ।

यो सिजनमा सर्वाधिक कमाइ गर्ने शीर्ष पाँचको सूचीमा पीएसजीकै नेयमर र लिभरपुलका मोहम्मद सलाह रहेका छन । ब्राजिली स्ट्राइकर नेयमरले ७ करोड ८४ लाख र इजिप्टका सलाहले ५ करोड ३० लाख डलर कमाइ गर्ने देखिएको छ । रोनाल्डो र मेसीलाई उछिन्ने पछिल्लो खेलाडी इंग्ल्यान्डका कप्तान डेविड बेकह्याम थिए । बेकह्याम सन् २०१३ मा सर्वाधिक कमाइ गर्ने फुटबलरमा थिए ।

मे महिनामा पीएसजीसँग तीन वर्षको सम्झौता नवीकरण गर्दा एमबाप्पे मूल्यवान खेलाडी बनेका थिए । यसले त्यतिखेर उनको रियल म्याड्रिड जाने सम्भावना पनि सकिएको थियो । फ्रान्सका विश्वकप विजयी खेलाडी एमबाप्पे २०१७ मा मोनाकोबाट आएयता पीएसजीले ११ उपाधि जितिसकेको छ, त्यसमा चार लिग उपाधि छ ।

एर्लिङ हल्यान्ड यो सिजनमा सर्वाधिक कमाइ गर्ने सूचीमा छैटौं स्थानमा आएका छन् । बोरुसिया डर्टमन्डबाट यस सिजनमा म्यानचेस्टर सिटी आएयता हल्यान्डले १३ खेलमा २० गोल गरिसकेका छन् । प्रिमियर लिग खेल्ने चार खेलाडी शीर्ष १० मा अटाएका छन् । रोनाल्डो, सलाह र हल्यान्डसँगै म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन प्रिमियर लिगमा खेल्ने खेलाडी हुन् । यो सूचीका हल्यान्ड र एमबाप्पेमात्र ३० वर्षमुनिका खेलाडी हुन् ।

बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की (३ करोड ५० लाख) सातौं, रियल म्याड्रिडबाट खेल्ने बेल्जियमका इडेन हाजार्ड (३ करोड १० लाख) आठौं, जापानको भिसेल कोबेबाट खेलिरहेका स्पेनका एन्ड्रेज इनिस्टा (३ करोड) नवौं स्थानमा छन् ।

प्रकाशित : आश्विन २३, २०७९ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×