१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३
विश्वकप २०२२

सर्बियन र स्विसबीच निर्णायक संघर्ष

एपी

दोहा — जतिबेला सर्बिया र स्विट्जरल्यान्डबीच शुक्रबार विश्वकप २०२२ मा खेल हुनेछ, त्यो नकआउट चरण प्रवेशका लागि ‘हेड टु हेड इलिमिनेसन’ खेल हुनेछ । युरोपका दुई टिमको खेल स्टेडियम ९७४ मा हुनेछ ।

सर्बियन र स्विसबीच निर्णायक संघर्ष

यो खेलले समूह ‘जी’ बाट अर्को चरण पुग्ने दोस्रो टिमको निर्णय गर्नेछ । यस समूहबाट ब्राजिल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको पृष्ठभूमिमा । सर्बियाली प्रशिक्षक ड्रागन स्टोकोभिचले बिहीबार मिडियासँग कुराकानी गर्दै माने, आफूहरूको संघर्ष समूहको दोस्रो स्थानमा लागि मात्र ।

यस्तो किनभन्दा ब्राजिल विशेष टिम हो । प्रशिक्षक स्टोकोभिचले भने, ‘ब्राजिल भएको समूहमा अरूका लागि दोस्रो स्थान एकमात्र विकल्प हो, अरू बाटो छैन ।’ ब्राजिलले सोमबारको खेलमा स्विट्जरल्यान्डलाई १–० ले हराएको थियो । त्यसअघि सर्बियालाई पनि २–० ले हराएको थियो । यी दुई खेल लगातार जितेर पाँचपल्टको विश्वकप विजेता अन्तिम खेलअघि नै अन्तिम १६ मा पुगिसकेको छ । ब्राजिलको अन्तिम खेल क्यामरुनविरुद्ध छ ।

त्यस स्थितिमा स्विट्रजरल्यान्ड ३ अंक लिएर दोस्रो स्थानमा छ । टोलीलाई अगाडि बढ्न सर्बियाविरुद्ध बराबरी नै पर्याप्त छ । तर स्विस टिमको योजना हो, जितभन्दा फरक नतिजा

स्वीकार्य हुने छैन । स्विस मिडफिल्डर ज्रिबिल सो भन्छन्, ‘मलाई लाग्दैन कुनै पनि टिमले विश्व फुटबलमा गोलरहित बराबरीका लागि खेल्नेछ । यो निकै डरलाग्दो स्थिति हुनसक्छ ।’ इतिहासले भन्छ, स्विट्जरल्यान्ड यस्तो तनावपूर्ण स्थिति सम्हाल्न सक्षम छ । त्यसैले त स्विट्जरल्यान्डले पछिल्ला दुई विश्वकप र दुई युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । सर्बियाले भने स्वतन्त्र देशका रूपमा अस्तित्वमा आएयता अहिलेसम्म नकआउट चरण खेलेको छैन । सन् २०१० यता सर्बियाले चारमध्ये तीन विश्वकप खेलेको छ, तर अहिलेसम्म युरोपमा भने छनोट भएको छैन । क्यामरुनविरुद्ध सोमबारको खेलमा पनि सर्बिया एक समय ३–१ ले अगाडि थियो र खेल पूर्णतः उसकै पकडमा थियो ।

तर, सर्बियाले खेलमा यही नियन्त्रण एकाएक गुमायो र कम समयमा दुई गोलको अवसर दियो । नतिजा खेल ३–३ को बराबरीमा टुंगियो । प्रशिक्षक स्टोकोभिच पनि मान्छन्, आफ्ना खेलाडीले त्यस खेलमा मुर्खपूर्ण भुल गरे । उनी भन्छन्, ‘तर सर्बियाका लागि केही पनि बिग्रेको छैन, राम्रो कुरा के हो भने हाम्रो भाग्य हाम्रै हातमा छ ।’ पछिल्लो विश्वकपमा स्विस टिमले सर्बियालाई हराउँदा त्यो खेल निकै तनावपूर्ण थियो । यसको कारण राजनीतिक थियो ।

अहिले भने दुवै टिम त्यो पुरानो इतिहासमा फर्कन चाहँदैनन् । स्विस प्रशिक्षक मुरत यकिनले अबको खेल खेलमात्र रहने बताएका छन् । उनले भनेका छन्, ‘हामी तयार छौं र परिपक्व भइसकेका छौं, अबको खेल विशुद्ध फुटबलमात्र हुनेछ । अरू केही होइन् ।’ स्विट्रजरल्यान्ड र सर्बियाबीचको खेल किन पनि दोस्रो स्थानका लागि भइरहेको छ भने कसैले पनि अर्को खेलमा क्यामरुनले ब्राजिललाई हराउने कल्पना गरेका छैनन् ।

प्रकाशित : मंसिर १६, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?