कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
विश्वकप २०२२

बेल्जियम र क्रोएसियाको निर्णायक भिडन्त

एपी

दोहा — जतिबेला बेल्जियमको स्वर्णिम पुस्ता र क्रोएसियाको अनुभवी खेलाडीले भरिएको टिमबीच बिहीबार विश्वकप २०२२ मा भिडन्त हुनेछ, त्यसको नतिजा निर्णायक हुनेछ । यो खेलमा युवा खेलाडीले बिरलै मात्र मौका पाउनेछन् । चार वर्षअगाडि रुसमा क्रोएसिया फाइनल पुगेको थियो । सन् २०१८ को त्यही विश्वकपमा बेल्जियम भने तेस्रो स्थानमा रहेको थियो । दुवै टिम यसपल्ट निकै अनुभवी खेलाडीमा निर्भर छ ।

बेल्जियम र क्रोएसियाको निर्णायक भिडन्त

क्रोएसियाका २० वर्षीय जोस्को ग्वाभ्डिलो र २५ वर्षीय निकोला भ्लासिच तथा बेल्जियमका २१ वर्षीय चाल्र्स डे केटलेरेले भने केही अपवाद हुन् । बेल्जियमका २१ वर्षीय एमाडोउ ओनाना भने दुई पहेँलो कार्डका कारण प्रतिबन्धबाट गुज्रिरहेका छन् । ग्वाभ्डिलोलाई ‘लिटिल पेप’ भन्ने गरिन्छ, किनभने उनको नाम केही हदसम्म म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलासँग मिल्छ । शारीरिक रूपमा निकै बलिया देखिने उनी क्रोएसिया र लाइप्जिगका लागि नियमित खेलाडी हुन् ।

क्रोएसिया टिम भने वास्तवमै जेठो उमेरका खेलाडीले भरिएको टिम रहेको छ । जस्तो कि लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच छन् । भ्लासिच भने इटालीको सिरी ‘ए’ कै उत्कृष्ट मिडफिल्डरमध्ये एक हुन् । उनी ऋणमा वेस्ट ह्यामबाट टुरिनोका लागि खेलिरहेका छन् । उनी मध्यपंक्तिबाट गोल

अवसर सिर्जना गर्न र लामो कडा प्रहारलाई बढी चिनिन्छन् । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज क्रोएसियाबारे भन्छन्, ‘क्रोएसियाको मध्यपंक्ति वास्तवमै डरलाग्दो छ ।’

उनी थप्छन्, ‘क्रोएसियाली प्रशिक्षक (ज्लाट्को डालिच) ले पुराना खेलाडीसँग नयाँ अनुहारको राम्रो मिश्रण गरेका छन् ।’ बेल्जियम आफैं पनि पुराना अनुभवी खेलाडीमै निर्भर छ । जस्तो इडेन हाजार्ड, केभिन डी ब्रुयन र रोमेलु लुकाकु । यी तीनै

खेलाडी शारीरिक रूपमा पूर्णत: फिट छैनन् । त्यसैले हुनसक्छ, चाल्र्स डे केटलेरे अर्थात सीडीकेले राम्रो मौका पाउन सक्छन् । इटालीको लिग च्याम्पियन एसी मिलानका लागि खेलेयता उनको प्रदर्शनमा व्यापक सुधार आएको छ ।

मार्टिनेज भन्छन्, ‘पछिल्लो समय केही युवा खेलाडीको पक्कै पनि उदय भएको छ र तिनीहरू विस्तारै पृष्ठभूमिमा देखिन थालेका छन् । मलाई जतिबेला तिनीहरू आवश्यक पर्नेछ, म तिनलाई मैदानमा उतार्ने छु । त्यसमध्ये मोरक्कोविरुद्धको खेलमा केहीले राम्रो पनि खेलिसकेका छन् ।’

क्रोएसिया यस खेलमा विजयी रहे अन्तिम १६ चरण पुग्नेछ । त्यतिमात्र होइन, बराबरीले पनि टोलीलाई लागि पर्याप्त छ । बेल्जियमका लागि भने यस खेलमा निश्चित जित आवश्यक छ ।

यस समूह ‘एच’ मा क्रोएसिया र मोरक्को ४–४ अंकसहित शीर्ष दुई स्थानमा छन् भने त्यसपछि ३ अंकमा बेल्जियम छ । क्यानडा भने अंकविहीन छ । उसको प्रतियोगितामा चुनौती समाप्त भइसकेको छ । क्यानडाले समूहको अर्को खेलमा मोरक्कोलाई हराउँछ भने क्रोएसिया र बेल्जियम दुवै नकआउट चरण पुग्न सक्छन् । भ्लासिच भन्छन्, ‘हामी एक अंकका लागि खेल्ने छैनौं । हामीले जितकै लागि खेल्नुपर्नेछ र जितकै लागि खेल्छौं ।’

प्रकाशित : मंसिर १५, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?