फ्रान्स नौ खेलाडी परिवर्तन गरेर ट्युनिसयाविरुद्ध भिड्दै- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्स नौ खेलाडी परिवर्तन गरेर ट्युनिसयाविरुद्ध भिड्दै

राजु घिसिङ

दोहा — डिफेन्डिङ च्याम्पियन फ्रान्सले डेनमार्कविरुद्ध जित हात पारेएको टिममा फरवार्ड किलियन एम्बाप्पे र प्लेमेकर एन्टोइन ग्रिजमनसहित नौ खेलाडी परिवर्तन गर्दै ट्युनिसियाविरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । खेल नेपाली समयअनुसार बेलुकी ८ : ४५ मा सुरु हुनेछ ।

सुरुआती दुई खेल जितेर अन्तिम १६ स्थानमा सुरक्षित गगरेपछि फ्रान्सेली टिमका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले कतार संस्करणमा तीन गोल गरिसकेका एम्बाप्पेलाई एजुकेसन सिटी स्टेडियममा हुने खेलमा आराम दिइएको छ । अस्ट्रेलिविरुद्ध ४–१ को जितमा एक गोल गरेका उनले डेनमार्कविरुद्ध २–१ को रोमान्चक जितमा दुवै गोल गरेका थिए । फरवार्ड करिम बेन्जेमा चोटको कारण विश्व्कपमा खेल्न नसक्ने अवस्थामा छन् भने डिफेन्डर ल्याकास हर्नान्डेज पनि पहिलो खेलमै घाइते भएदेखि मैदानबाहिरै छन् ।

त्यस्तै, उत्कृष्ट लयमा रहेका ग्रिजमनसहित मिडफिल्डर एड्रियन र्‍याबियट र ओसमन डेम्बेले तथा कप्तान एवम् गोलकिपर ह्युगो लोरिस पनि ट्युनिसियाविरुद्ध खेल्ने छैनन् । थिएरी हेनरीको फ्रान्सको लागि सर्वाधिक ५१ गोलको रेकर्ड तोड्ने लक्ष्यमा रहेका सेन्टर फरवार्ड ग्रिजमनलाई पनि डेसच्याम्पले आराम दिएका छन् । उनले अस्ट्रेलियाविरुद्ध दुई गोल गरेर हेनरीको रेकर्ड बराबरी गरेका थिए । उक्त खेलमा र्याबियटलाई पनि एक गोल गरेका थिए ।

डिफेन्डर जुल्स कोन्डे, थियो हर्नान्डेज र दायोत उपामेकानोलाई पनि बेन्चमा राखिएको छ । डेनमार्कविरुद्ध २–१ को जितमा पहिलो रोजाईमा खेलेका म्यानचेस्टर युनाइटेका डिफेन्डर राफेल भारान र रियल म्याड्रिडका मिडफिल्डर चाउमेनी आउरेलिनले मात्रै टिममा निरन्तरता पाएका छन् । यस क्रममा भारानले कप्तानी गर्ने अवसर पाएका छन् ।

गोलपोष्टको जिम्मेवारी स्टिभ मन्डान्डालाई दिइएको छ । डिफेन्समा भारानसँगै एक्सेस डिसासी, युसुफ फोफना र लिभरपुलका इब्राहिम कोनाटे खेल्दै छन् । कोनाटे अस्ट्रेलियाविरुद्ध सुरुबाटै खेलेका थिए । मिडफिल्डमा चोउमेनीसँगै माटेओ गुन्डोजी, जोर्डन भेरेटोट र रियलका एडुआर्डो कामाभिंगा ल्याइएका छन् । अग्रपंक्तिमा जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखका किङ्सले कोम्यान र फ्रयांकफर्टका रान्डाल कोलो मुआनीले अवसर पाएका छन् ।

समूह डी को प्रतिस्पर्धामा डेनमार्कविरुद्ध गोलरहित खेलेको ट्युनिसिया अस्ट्रेलियाविरुद्ध १–० ले हारेको थियो । समूहको पुछारको रहेको अफिकी टिमको अन्तिम १६ मा छनोट हुने सम्भावना गणितीय रुपमामात्रै बाकी छ । फ्रान्सको लागि यो खेल समूह विजेता बन्ने प्रतिस्पर्धामा महत्त्वपूर्ण रहेको छ ।

ठीक यही समयमा डेनमार्क र अस्ट्रेलिया अल जनोब रंगशालामा भिड्दै छन् । उक्त खेल जित्ने टिम नकआउटमा छनोट हुनेछ । बराबरी नतिजामा अस्ट्रेलिया भाग्यमानी हुनसक्छ ।

प्रकाशित : मंसिर १४, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्

बाजुराको मतगणना विवाद : सर्वदलीय बैठकमा एमाले अनुुपस्थित

गणना सुरु हुन सकेन
अर्जुन शाह

धनगढी — बाजुरामा झडपका कारण रोकिएको मतगणना पुन: सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बुधबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएको छैन । जसकारण मतगणना कार्य सुरु हुुन सकेको छैन ।

नेकपा एमाले बाहेक सबै दलका प्रतिनिधिहरू सर्वदलीय बैठकमा सहभागी थिए । तर एमालेका प्रतिनिधि नआएकाले मतगणना सुरु गर्ने सम्बन्धमा तत्काल निर्णय हुन नसकेको नेपाली कांग्रेसका जिल्ला उपसभापति पदमबहादुर बडुुवालले बताए ।

उनका अनुसार बिहीबार बिहान ७ बजे पुुनः बैठक राख्ने र एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गर्ने निर्णय भएको छ ।

नेकपा एमालेले भने चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता काँसी बिकले बताए ।

उनले निर्वाचनका क्रममा भएका कमजोरी र ज्यादतीहरुको समीक्षा भएर साझा समझदारी नभएसम्म गणनाका लागि बोलाइने कुनै पनि औपचारिक बैठकमा सहभागी हुुने सम्भावना नरहेको बताए ।

प्रकाशित : मंसिर १४, २०७९ २०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×