कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

दिनकै योजना बनाउनमा व्यस्त डेसच्याम्प

एजेन्सी

दोहा — फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले मंगलबार करिम बेन्जेमाबारे बोल्न अस्वीकार गरेका छन् । बालोन डी’अर विजेता बेन्जेमा विश्वकपबाट फिर्ता भएयता बिदा मनाइरहेका छन् । रियल म्याड्रिड स्ट्राइकरले खुट्टाको चोटका कारण फ्रान्सेली टिम छाडेका थिए ।

दिनकै योजना बनाउनमा व्यस्त डेसच्याम्प

त्यसयता उनी रियुनियन टापुमा देखा परेका थिए । उनी चाँडै रियलको प्रशिक्षणमा फर्कने पनि बताइएको छ । उनी कम्तीमा एक साता त्यस टापुमै रहने भनिएको छ ।

औपचारिक रूपमा अझै पनि फ्रान्सेली टिमको सदस्य रहेका बेन्जेमाबारे सोधिएको प्रश्नमा डेसच्याम्प चुप रहे । प्रशिक्षकले डेसच्याम्पको स्थानमा केही पनि नयाँ खेलाडी टिममा राखेका छैनन् । ‘यो अप्ठ्यारोमा पार्ने प्रश्न हो, तर यी सबै मेरो मनमा छैन । मलाई कसले के, कहाँ र किन कस्तो भनिरहेको छ, मतलब छैन,’ उनले भनेका छन् । ट्युनिसियाविरुद्धको खेलअघि मिडियासामु प्रस्तुत हुने क्रममा बेन्जेमाबारे प्रशिक्षकले अनभिज्ञता देखाएका हुन् ।

उनले भने, ‘मैले टिम छाडेयता बेन्जेमासँग कुरा गरेको छैन । सबैलाई थाहा छ, उनको स्थिति कस्तो छ र उनी कति समय मैदानबाहिर रहनेछन् । म भने अहिले यहाँ उपलब्ध २४ खेलाडीमै केन्द्रित छु । कसैले चाहन्छ भने यो विषयमा म तर्क गर्न सक्छु । तर मैले यस्तो काम गर्ने पनि छैन, किनभने प्रत्येक दिनको योजनामा व्यस्त छु ।’ फ्रान्सेली फुटबल संघले बेन्जेमालाई तीन साताका आराम चाहिएको बताएको छ । त्यसको अर्थ विश्वकपको फाइनलअगाडिसम्म पनि उनी पूर्णतः फिट हुने छैनन् ।

फ्रान्स समूह ‘डी’ को सुरुआती दुवै खेलमा विजयी छ । टोलीले अस्ट्रेलिया र डेनमार्कमाथि जित निकालेको हो । बुधबार ट्युनिसियाविरुद्धको खेलमा बराबरी गरे पनि फ्रान्स समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गर्नेछ । फ्रान्सलाई गोलअन्तरको धेरै फाइदा रहेको स्थितिमा डेनमार्कविरुद्धको खेल गुमाए पनि उसलाई खासै घाटा नहुन सक्छ । त्यसैले प्रशिक्षक डेसच्याम्प अन्तिम १६ को खेलअगाडि केही नयाँ खेलाडीलाई मौका दिन सक्ने स्थितिमा हुनेछ ।

उनी भन्छन्, ‘सबैलाई थाहा छ, हामी अर्को चरण पुगिसकेका छौं, जसरी ब्राजिल र पोर्चुगल पुगेका छन् । त्यसैले हामीलाई टिममा केही परिवर्तन गर्ने अवसर हुनेछ । तर हामी यो तेस्रो खेललाई कम महत्त्व दिन चाहँदैनौं । हामी राम्रो नतिजाका लागि सक्दो प्रयास गर्ने पक्षमै छौं । यो विश्वकप हो र हामी जितको लय कायम राख्न चाहन्छौं । हामीलाई जित आवश्यक नहुन पनि सक्नेछ, तर हामी यही नतिजाका लागि नै खेल्नेछौं ।

ट्युनिसियालाई अर्को चरण पुग्ने सम्भावना जीवन्त राख्न एजुकेसन सिटी स्टेडियममा हुने यो खेल जित्नैपर्ने हुन्छ । संयोगले ट्युनिसियाको टिममा फ्रान्समा जन्मेका १० खेलाडी रहेका छन् । ट्युनिसियाले अहिलेसम्म दुईपल्टको विश्वकप विजेता फ्रान्सलाई हराउन भने सकेको छैन । प्रशिक्षक जलेल कादरी भन्छन्, ‘म सबै खेलाडीलाई के भन्न चाहन्छु भने असम्भव भनेको केही छैन । हामी अझै पनि प्रतियोगितामा कायम छौं ।’

प्रकाशित : मंसिर १४, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?