विश्वकप २०२२

सन फरक रूपमा देखिने

दोहा

एएफपी — दक्षिण कोरियाली प्रशिक्षक पाउलो बेन्टोले घानाविरुद्ध सोमबार हुने खेलमा फरक सन ह्वेङ–मिन देखिने दाबी गरेका छन् । विश्वकप २०२२ को पहिलो खेलमा सन फेस मास्क लगाएर उत्रेका थिए । समूह ‘एच’ मा उरुग्वेविरुद्ध गोलरहित बराबरीमा टुंगेको खेलमा उनी मास्क लगाएर उत्रेका थिए । यस महिनाको सुरुमा टोटेनहमका लागि खेल्ने क्रममा उनको बायाँ आँखाको वरिपरि चोट लागेको थियो ।

सन फरक रूपमा देखिने

पोर्चुगाली प्रशिक्षकले उरुग्वेविरुद्ध आफ्नो दक्षिण कोरियाली टिममा निर्णायक र आक्रामक रूप नदेखिएकामा कुनै चिन्ता नभएको बताए । उनले आइतबार मिडियासँग कुराकानी गर्दै भनेका छन्, ‘कुनै पनि ठूलो प्रतियोगिताको पहिलो खेलमा यस्तो हुनु स्वाभाविक हो । जहाँसम्म ह्युङ–मिनको कुरा छ, उनी फेस मास्क लगाएर अभ्यस्त हुने प्रयासमा छन् ।’

उनी थप्छन्, ‘सबैभन्दा मुख्य आफ्ना साथी र प्रतिद्वन्द्वी खेलाडीसँग उनले सामान्य महसुस गर्नॅपर्छ । त्यसैले यो दोस्रो खेलमा उनको भूमिका फरक हुनेछ । उरुग्वेविरुद्ध पनि उनी ९० मिनेट खेल्न सक्षम रहे । उनी जत्तिको खेलाडीले राम्रो खेल्ने हो भने टिमले धेरै फाइदा लिन सक्छ ।’ उनले घानालाई आफ्नो टिमबारे हल्का नलिन पनि चेतावनी दिए ।

प्रशिक्षक बेन्टोले भने, ‘हामीसँग इंग्लिस प्रिमियर लिगमा खेलिरहेका अन्य खेलाडी पनि छन् । हामीलाई थाहा छ, घानाको सामना गर्दा त्यो सजिलो हुने छैन । तर हामीले आफूले सक्दो खेल्नुपर्नेछ । पहिलो खेलमा पनि राम्रो खेलेका थियौं । दोस्रो खेलमा हाम्रा खेलाडीको व्यक्तिगत प्रदर्शन अझ राम्रो हुनेछ ।’=

प्रकाशित : मंसिर १२, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?