विश्वकप २०२२

क्यानडाविरुद्ध बेल्जियमकाे कठिन जित

राजु घिसिङ

दाेहा — मिची बात्सुयीकाे गाेलमा बेल्जियमले क्यानडालाई १-० ले हराएर बुधबार विश्वकप २०२२ मा विजयी सुरुआत गरेकाे छ ।

क्यानडाविरुद्ध बेल्जियमकाे कठिन जित

अहमद बिन अली रंगशालामा भएकाे प्रतिस्पर्धामा बात्सुयीले खेलकाे एकमात्र गाेल ४४ औं मिनेटमा गरेका थिए । त्यसमा उनले टाेबी एल्डरवेइरेल्डकाे चलाखीपूर्ण पास उपयाेग गरेका थिए । अघिल्लाे विश्वकपमा तेस्राे स्थानमा रहेकाे बेल्जियमले ३६ वर्षपछि विश्वकपमा फर्किएकाे क्यानडाविरुद्ध जित हात पार्न कठिन संघर्ष गर्नुपर्‍यो ।

खेलकाे सुरुआतमै पाएकाे पेनाल्टीमा चुकेपछि क्यानडा अंक जाेड्न असफल भएकाे हाे । अल्फाेन्साे डेभिसले ११ औं मिनेटमा प्रहार गरेकाे पेनाल्टीमा गाेलकिपर टिबाउट काेर्टयसले बल राेक्दै बेल्जियमकाे संटक टारेका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?