१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जर्मनीविरूद्ध जापानकाे ऐतिहासिक जित

राजु घिसिङ

दाेहा — खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर दुई गाेल गर्दै जर्मनीलाई विश्वकप २०२२ काे पहलाे खेलमा २-१ ले पराजित गरेकाे छ।

जर्मनीविरूद्ध जापानकाे ऐतिहासिक जित

चारपल्टकाे विश्वकप विजेता जर्मनीले लगातार दाेस्राेपल्ट विश्वकपकाे पहिलाे खेलमा हार बेहोरेको हाे । उसलाई रूसमा सन् २०१८ मा मेक्सकाेले १-०ले पराजित गरेकाे थियाे । जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलाे जित रचेकाे हाे ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा इकाय गुन्डाेगनकाे पेनाल्टी गाेलमा जर्मनीले ३३ औं मिनेटमा १-० काे अग्रता लिएकाे थियाे ।

रित्सु डाेआनले रिबाउन्डमा गाेल गर्दै ७५ औं मिनेटमा १-१ काे बराबरीमा पुर्‍याएका थिए । ताकुमा आसानाेले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २-१ ले अगाडि बढाए । जर्मन क्लबमा आवद्ध यी दुवै गाेलकर्ता सब्स्टच्युटकाे रुपमा मैदानमा प्रवेश गरेका हुन् ।

पहिलाे हाफमा आक्रामक प्रदर्शन गरेकाे जर्मनीले थुप्रै अवसर सिर्जना गरे पनि थप गाेल गर्न सकेन । कमजाेर देखिएकाे जापानले पनि दुई अवसर पाएकाे थियाे तर उपयाेग गर्न सकेन । दाेस्राे हाफमा पनि जर्मनी बलियाे देखिएकाे थियाे । तर, फिनिसिङमा जापानी खेलाडी प्रभावशाली भए ।

प्रकाशित : मंसिर ७, २०७९ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?