२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
विश्वकप २०२२

एनरिके नै ‘टिम नेता’

एएफपी

दोहा — स्पेनिस प्रशिक्षक लुइस एनरिकेले स्टार खेलाडीहरूको अनुपस्थितिमा आफैं टिम नेता भएको दाबी गरेका छन् । स्पेनले विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा बुधबार कोस्टारिकाको सामना गर्दै छ ।

एनरिके नै ‘टिम नेता’

विश्वकप विजेता खेलाडी तथा कप्तान सर्जियो बास्क्वेट खासै चर्चामा आउन रूचाउँदैनन् । युवा खेलाडी अंशु फाटी र पेड्री स्टार खेलाडी रहे पनि उनीहरू अझै परिपक्व हुने स्थितिमा छन् । एनरिकेले प्रेससँगको कुराकानीमा भनेका छन्, ‘राष्ट्रिय टिमको नेतृत्वकर्ता प्रशिक्षक हुनुपर्छ । म आफूलाई स्पेनी टिमको नेता मान्छु । जतिबेला टिममा दुविधा हुने गर्छ, त्यतिबेला त्यसलाई हटाउने म नै हुँ ।’

उनले थपेका छन्, ‘मैले नै कस्ले खेल्ने हो, कता जाने हो, कसरी खेल्ने हो यी सबैको निर्णय गर्ने र टिमलाई सल्लाह दिने गर्छु । म अहिले खुसी छु र प्रशिक्षकका रूपमा विश्वकपमा डेब्यु गर्न पाउँदा प्रसन्न पनि छु । म फुटबलको रमझममा रमाउन चाहन्छु । भर्खर अन्तिम अभ्यास सत्र सकाएको छु र अब पहिलो खेलमा रमाउने प्रयासमा छु ।’

यस विश्वकपमा स्पेन नै तेस्रो सबैभन्दा युवा खेलाडीले भरिएको टिम हो । एनरिकेले युवा खेलाडीमै जोड दिएका छन् । सर्जियो रामोस जस्ता अनुभवी खेलाडीलाई टिममा राखेका छैनन् । उनी भन्छन्, ‘युवा खेलाडी बढी सकारात्मक हुने गर्छन् । युवा खेलाडीसँगै अनुभवी पनि चाहिन्छ । यी दुवैको समिश्रण आवश्यक हुन्छ ।’

प्रकाशित : मंसिर ७, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?