कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

बेलको पेनाल्टीमा अमेरिकासँग वेल्सको बराबरी

एजेन्सी

दोहा — कप्तान गेराथ बेलले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि वेल्सले विश्वकप २०२२ मा अमेरिकालाई १–१ को बराबरीमा रोकेको छ । वेल्स ६४ वर्षपछि पहिलो पल्ट विश्वकप खेलिरहेको छ । अमेरिकाले टिम वेहको गोलले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो र यसका लागि उनले क्रिस्टियन पुलिसिचको पास उपयोग गरे ।

बेलको पेनाल्टीमा अमेरिकासँग वेल्सको बराबरी

खेल सकिन नौ मिनेट अगाडि बेलमाथि अमेरिकाको पेनाल्टी एरियामा वाल्कर जिमरमनले फल गरे र त्यसमै प्राप्त अवसरमा उनले गोल गरे ।

यो नतिजापछि समूह ‘बी’ इंग्ल्यान्ड तीन अंकसहित शीर्ष स्थानमा रह्यो भने त्यस पछाडि वेल्स तथा अमेरिका एक/एक अंकमा रहे । इरान भने विना कुनै अंक पुछारमा रह्यो । दिनको पहिलो खेलमा इंग्ल्यान्डले इरानलाई सजिलै हराएको थियो ।

प्रकाशित : मंसिर ६, २०७९ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?