२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बाजुरामा कांग्रेसका पाण्डे विजयी

अर्जुन शाह

धनगढी — बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

बाजुरामा कांग्रेसका पाण्डे विजयी

पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको बाजुराको चुनावी नतिजामा कांग्रेस उम्मेदवार पाण्डेले सहज जित निकालेका हुन् ।

एमालेमा केपी ओली निकट मानिएका स्थायी कमिटी सदस्यसमेत रहेका थापा यसअघि पनि पटक पटक चुनाव लड्दै आएका नेता हुन् ।

थापा ०७० को संविधानसभामा जितेर मन्त्री समेत भएका थिए । कांग्रेसका पाण्डे भने यसअघि संविधानसभामा समानुपातिकतर्फ र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका हुन् । उनको यसपटक पहिलो प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हो ।

प्रकाशित : मंसिर १८, २०७९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?