कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काभ्रेमा ३२ हजार ४४५ मत बदर

ज्योति श्रेष्ठ

काभ्रे — मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा काभ्रेमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३२ हजार ४४५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । 

काभ्रेमा ३२ हजार ४४५ मत बदर

कार्यालयका अनुसार काभ्रेमा प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ३.७ प्रतिशत बदर भएको छ । त्यस्तै समानुपातिकतर्फ खसेको कुल मतमध्ये ४.८ प्रतिशत मत बदर भएको हो ।

काभ्रेका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १४ हजार ५१२ मा र समानुपातिकतर्फ १७ हजार ९३३ मत गरी ३२ हजार ४५५ मत बदर भएको हो । प्रत्यक्षतर्फ काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. १ मा ४ हजार ४२६ मत बदर भएको छ, जुन प्रत्यक्षतर्फको सबैभन्दा धेरै मत बदर भएको हो । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ मा ३ हजार ८३७ मत बदर भएको छ ।

क्षेत्र नं. १ को प्रदेश (१)मा १ हजार ५८४ र प्रदेश (२) मा १ हजार ४६३ मत बदर भएको छ । त्यस्तै क्षेत्र नं. २ को प्रदेश (१)मा १ हजार ४ सय ५१ र प्रदेश (२) मा १ हजार ७५१ मत बदर भएको छ ।

समानुपातिकतर्फ धेरै मत बदर

काभ्रेमा समानुपातिकतर्फ धेरै मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको विवरणमा उल्लेख छ । समानुपातिकतर्फ काभ्रेको क्षेत्र नं. २ को प्रदेशसभामा सबैभन्दा धेरै मत बदर भएको छ । जहाँ ५ हजार ४२६ मत बदर भएको छ । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. १ मा ३ हजार ७२२ र क्षेत्र नं. २ मा ३ हजार ९१३ मत बदर भएको छ । क्षेत्र नं. १ को प्रदेशसभामा ४ हजार ८७२ मत बदर भएको कार्यालयले जनाएको छ ।

२०७४ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन र यस वर्षको निर्वाचनको तुलनामा काभ्रेमा बदर मतको संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले जानकारी दिए । उनका अनुसार २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ४.३ प्रतिशत मत बदर भएको थियो भने यस निर्वाचनमा ३.७ प्रतिशत मात्रै बदर भएको छ । यस निर्वाचनमा चार वटा बेग्ला बेग्लै मतपत्र भएकाले पनि मतदातालाई मतदान गर्ने अलमल नभएकाले पनि बदर मतको संख्यामा कमी आएको निर्वाचन अधिकृत राईको अनुमान छ ।

काभ्रेमा तुलानात्मक रुपमा बदर मतको संख्यामा कमी आउनुमा मतदाता शिक्षा प्रभावकारी भएको निष्कर्ष प्राध्यापक भोला केसीको छ । समानुपातिकातर्फमा बदरको संख्या बढी हुनुमा मतपत्रमा चुनाव चिह्न धेरै भएकाले पनि मतदातामा भएको अन्योलका कारण पनि बदर संख्या धेरै भएको उनको बुझाइ छ ।

प्रकाशित : मंसिर १६, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?