स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

कान्तिपुर संवाददाता

काठमाडौँ — स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार ४ सय १८ मतले अगाडि छन् ।

केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले ११ हजार ९ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार ५ सय २ मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार ५ सय ८३ मत गणना भएको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ । वडा नं १४ को मत गणना जारी छ ।

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई २ हजार ६ सय ५२ मतले पछाडि पारेका छन् । अर्यालले १३ हजार आठ सय ४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार एक सय ९५ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

दोलखामा माओवादीका कार्कीलाई सुरूवाती अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले सुरुवाती अग्रता लिएका छन् । जारी मतगणनामा कार्कीले १ हजार ६५४ मत ल्याई अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी ९११ मतका साथ दोस्रो स्थानमा छन् ।

बिहीबर दोलखाका ४ मतदान स्थलका १० मतदान केन्द्रमा पुनः निर्वाचन भएको थियो । उक्त केन्द्रहरूमा ८ हजार ५ सय १४ मतदाता रहेकोमा ५० प्रतिशत अर्थात् ४ हजार २ सय ५७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×