दोलखामा आजै मतगणना सुरु हुने


दोलखा — दोलखामा बिहीबार ९ बजेबाट मतगणना सुरु हुने भएको छ । पुनः निर्वाचन भएको मतदानस्थलबाट मतपेटिका आइसकेपछि मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

बिहीबर दोलखाका ४ मतदान स्थलका १० मतदान केन्द्रमा पुनः निर्वाचन भएको छ । उक्त केन्द्रहरूमा ८ हजार ५ सय १४ मतदाता रहेकोमा ५० प्रतिशत अर्थात् ४ हजार २ सय ५७ मत खसेको छ ।
प्रतिनिधिसभा र र प्रदेशसभा निर्वाचनको मतगणना बिहीबार रातिबाट सुरू भए पनि समानुपातिक मतगणना शुक्रबारबाट सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनास्थलमा समेत कडा सुरक्षा व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेललेले बताए ।