सुनसरी–४(१) मा कांग्रेसका सदानन्द मण्डल निर्वाचित

मोरङ — सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को १ मा कांग्रेसका सदानन्द मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी एमाले गठबन्धन दल जनता समाजवादी पार्टीका पर्शुराम बस्नेतलाई ३ हजार १६८ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

मण्डलले १५ हजार १९८ र बस्नेतले १२ हजार ३० मत प्राप्त गरेका छन् ।
प्रदेश १ काे १४ जिल्लास्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रकाे मत गणना सम्पन्न भएकाे छ । जसमा एमाले २५, कांग्रेस १७, माओवादी ९, नेकपा(एकीकृत समाजवादी) ३ र राप्रपाले २ वटा क्षेत्र जितेका छन् ।
