नुवाकोटमा साढे ६ हजार मत बदर

कृष्ण थापा

नुवाकोट — जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा साढे छ हजार मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ हजार ६ सय ८० मत मत बदर भएको छ ।

नुवाकोटमा साढे ६ हजार मत बदर

बढी बदर निर्वाचन क्षेत्र नं. १ मा ६० हजार २१ मत सदर भएकोमा ३ हजार ५ सय ६५ मत बदर देखिएको छ भने र निर्वाचन क्षेत्र नं.२ मा ६३ हजार ४ मत सदर भएकोमा ३ हजार १ सय १५ मत बदर भएको छ । प्रतिशतका हिसाबले ५ दशमलव १५ मत बदर भएको छ ।

नुवाकोटका १ सय ३२ मतदानस्थल र स्थायी तथा अस्थायी गरी २ सय ९० मतदान केन्द्र छन् । जिल्लाको कुल मतदाता संख्या २ लाख ३९ हजार ७ सय २६ रहेको छ । त्यसमध्ये १ लाख २९ हजार ७ सय ५ जनाले मात्र मतदान गरेको तथ्यांक छ । नुवाकोटमा यसपटक ५४ दशमलव १० प्रतिशतले मात्र मत मतदान गरेका छन् ।

कुल मतदाता संख्या र मत खसालेको संख्या घटाउँदा १ लाख १० हजार २१ आउँछ । यही मंसिर ४ गतेको निर्वाचनमा झण्डै सवा १ लाख मतदाताले निर्वाचनमा भाग लिएका छैनन् ।

सबैभन्दा बढी बदर मत प्रदेशसभाको समानुपातिकमा

नुवाकोटमा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बढी मत बदर भएको छ । १ लाख २१ हजार १८२ मत सदर भएकोमा ८ हजार ९ सय १९ मत बदर भएको छ । प्रतिशतका हिसाबले ६ दशमलव ८५ प्रतिशत मत बदर रहेको छ । १ लाख ३० हजार १ सय १ मत खसेको थियो ।

प्रत्यक्षतर्फ प्रदेशसभा निर्वाचनमा १ लाख २३ हजार ३ सय ८४ मत सदर भएकोमा ५ हजार ९ सय ९८ मत बदर भएको छ । ४ दशमलव ८६ प्रतिशत मत बदर देखिएको छ ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीमा ६ हजार १ सय ४३ मत बदर भएको छ । कुल १ लाख २८ हजार ९ सय ८५ मत सदर रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?