सुनसरी ३ मा एमालेकी भगवती चौधरी निर्वाचित


सुनसरी — प्रतिनिधिसभाको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् ।

सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् ।
चौधरीले ४० हजार ७ सय ८८ मत प्राप्त गरिन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरे ।
यसअघि २०७४ सालको निर्वाचनमा गच्छदारले चौधरीलाई ३ सय ८१ मतले पराजित गर्दै निर्वाचित भएका थिए । गच्छदारले त्यसबेला ३८ हजार ९७२ मत प्राप्त गरेका थिए ।