१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सुनसरी ३ मा एमालेकी भगवती चौधरी निर्वाचित

सुम्निमा चाम्लिङ

सुनसरी — प्रतिनिधिसभाको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् ।

सुनसरी ३ मा एमालेकी भगवती चौधरी निर्वाचित

सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् ।

चौधरीले ४० हजार ७ सय ८८ मत प्राप्त गरिन् । पूर्व उपप्रधानमन्‍त्री समेत रहेका गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरे ।

यसअघि २०७४ सालको निर्वाचनमा गच्छदारले चौधरीलाई ३ सय ८१ मतले पराजित गर्दै निर्वाचित भएका थिए । गच्छदारले त्यसबेला ३८ हजार ९७२ मत प्राप्त गरेका थिए ।


प्रकाशित : मंसिर १३, २०७९ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?