कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोरङमा प्रतिनिधिसभा र प्रदेशसभाका १६६ उम्मेदवारको जमानत जफत 

देवनारायण साह

मोरङ — मोरङस्थित प्रतिनिधिसभाको ६ र प्रदेशसभाको १२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका कूल २१५ उम्मेदवारमध्ये ७७ दशमलव २१ प्रतिशत अर्थात् १६६ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका १०५ मध्ये ८७ र प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिएका ११० मध्ये ७९ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । 

मोरङमा प्रतिनिधिसभा र प्रदेशसभाका १६६ उम्मेदवारको जमानत जफत 

प्रतिनिधिसभा सदस्यतर्फ ६ वटै क्षेत्रमा उम्मेदवारी दिएका दलका ४४ र स्वतन्त्र ३३ जना उम्मेदवारको जमानत जफत भएको हो । मोरङ क्षेत्र १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीका लक्ष्मीप्रसाद कवाँ, राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धमाया लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनका सुरज लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हर्कमान सम्बाहाम्फे, हाम्रो नेपाली पार्टीका राजेन्द्रप्रसाद पौडेल र स्वतन्त्र उम्मेदवार मनिसा सुवेदी, यामप्रसाद दाहाल, फूलकुमारी पंडित राई, निलू लिम्बु, तिलकबहादुर मगरको जमानत जफत भएको छ ।

यस्तै, क्षेत्र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल दाहाल, नेपाल मजदुर किसान पार्टीका सुरेश कवाँ, मंगोल नेशनल अर्गनाइजेशनका नारायण विशंखे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खीलबहादुर खडका, हाम्रो नेपाली पार्टीका विनोदमणी भट्टराई, नेश्नलिष्ट पिपल्स पार्टीका मिना कटुवाल बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपाने, लोकतान्त्रिक समाजवादी पार्टीका नारायणप्रसाद गनगाई र स्वतन्त्र उम्मेदवार राजकुमार शिवाकोटी , सुनिलकुमार साह, विशेश्वर ऋषिदेवको जमानत जफत भएको हो ।

यस्तै, क्षेत्र ३ मा नेकपा (माले)का उद्धिमबहादुर खडका, नेसनलिस्ट पिपल्स पार्टीका नारायण शर्मा, मंगोल अर्गनाइजेशन पार्टीका बिकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रिकादेवी लिम्बु, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, जनसमाजवादी पार्टीका कमल लिम्बु। राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेती, लोकतान्त्रिक समाजवादी पार्टीका भुवन राई, नेपाल मजदुर किसान पार्टीका ओमनारायण राजवातर धामी र हिमप्रसाद मिश्र, कृष्ण राई, शिवकुमार पौडेल, पंकजकुमार भगत, अरबिन शाहलगायत १९ जना स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ ।

यस्तै, क्षेत्र ४ मा नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका धनबहादुर लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुल्टेन ऋषिदेव, हाम्रो नेपाली पार्टीका नविन कुमार विश्वास खवास, नेपाली कांग्रेस (बीपी)का अशोक पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण साह, राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद शिवाकोटी र स्वतन्त्र उम्मेदवार महेश नेपाल, देवनारायण विश्वास, कुवेत मियाँ, ज्ञानेन्द्र खत्री, पदम कार्की र राजेन्द्रकुमार खवासको जमानत जफत भएको हो ।

यस्तै, क्षेत्र ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रेवत बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मंगल ऋषिदेव, हाम्रो नेपाली पार्टीका फिरोज साह, जनमत पार्टीका परमेश्वर मुर्मु, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद कुमार मण्डल र नेपाल लोकतान्त्रिक पार्टीका मजबुल रहमान मियाँ र स्वतन्त्र उम्मेदवार मोहम्मद रेजा हुसैन, सन्जु शर्मा बडइ, गयानन्द मण्डल केवरत, विद्याभूषण प्रसाद, रामप्रसाद मुखिया र मनोजकुमार मण्डलले जमानत जोगाउन नसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, क्षेत्र ६ मा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका चिरञ्जीवी खतिवडा, बहुजन शत्ति: पार्टीका नारायण पासवान, मंगोल नेसनल अर्गनाइजेसनका मोहनबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखाराम माझी, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी खत्री, नागरिक उन्मुक्ति पार्टीका बलराम खबास, जनमत पार्टीका बुद्धिराम माझी, जनता प्रगतिशिल पार्टीका प्रशान्त ठाकुर र स्वतन्त्र उम्मेदवार सुशील खडका, सरोज नेपाल र लक्ष्मी थेवेको जमानत जफत भएको छ ।

यस्तै, प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिएकामध्ये राजनीतिक दलका ५४ र स्वतन्त्र २५ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रदेशसभा सदस्यतर्फ मोरङ १(१) मा राजनीतिक दलका २ र १ स्वतन्त्रसहित ३, क्षेत्र १(२) मा दलका ४ र स्वतन्त्र १, क्षेत्र २(१) मा दलका ६ र स्वतन्त्र ४, क्षेत्र २(२) मा दलका ६ र स्वतन्त्र २, क्षेत्र ३(१) मा दलका ३ र स्वतन्त्र १, क्षेत्र ३(२) मा दलका ६ र स्वतन्त्र ४ जना उम्मेदवारको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र ४(१) मा दलका ४ र स्वतन्त्र १, क्षेत्र ४(२) मा दलका ४ र स्वतन्त्र २, क्षेत्र ५(१) मा दलका २ र स्वतन्त्र १, क्षेत्र ५(२) मा दलका ५ र स्वतन्त्र २, क्षेत्र ६(१) मा दलका ५ र स्वतन्त्र ५ र क्षेत्र ६(२) मा दलका ७ र स्वतन्त्र १ जना उम्मेदवारको जमानत जफत भएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यमा क्षेत्र १ मा कांग्रेसका डिगबहादुर लिम्बु, क्षेत्र २ मा एमालेका ऋषिकेश पोखरेल, क्षेत्र ३ मा कांग्रेसका सुनिलकुमार शर्मा, क्षेत्र ४ मा माओवादी केन्द्रका अमनलाल मोदी, क्षेत्र ५ मा स्वतन्त्रबाट योगेन्द्र मण्डल र क्षेत्र ५ मा कांग्रेसका शेखर कोइराला निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र १(१) मा एमालेका उमाकान्त गौतम, क्षेत्र १(२) मा एमालेका खडगबहादुर बस्नेत, क्षेत्र २(१) मा माओवादी केन्द्रका गणेश उप्रेती, क्षेत्र २(२) मा एमालेका लिलाबल्लभ अधिकारी, क्षेत्र ३(१) मा कांग्रेसका मानबहादुर राई, क्षेत्र ३(२) मा एमालेका ज्ञानेन्द्र सुवेदी, क्षेत्र ४(१) मा एमालेका जयप्रकाश चौधरी, क्षेत्र ४(२) मा कांग्रेसका भीम पराजुली, क्षेत्र ५(१) मा कांग्रेसका गयानन्द मण्डल, क्षेत्र ५(२) मा कांग्रेसका अमृत अर्याल, क्षेत्र ६(१) मा माओवादी केन्द्रका जीवन आचार्य र क्षेत्र ६(२) मा आन्तरिक मामिला तथा कानुनमन्त्री कांग्रेसका केदार कार्की निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १३, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?