१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सुदूरपश्चिममा समानुपातिकतर्फ नागरिक उन्मुक्ति चौथो, कैलालीमा पहिलो 

मोहन बुडाऐर

धनगढी — नागरिक उन्मुक्ति पार्टी समानुपातिक मतगणनामा सुदूरपश्चिम प्रदेशमा  चौथो र  कैलालीमा अगाडि छ । निर्वाचन कार्यालयका अनुसार  सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म गणना भएको ९ लाख ७ हजार १ सय ३८को मतगणनामा उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ ८७ हजार ६ सय ८४ मत प्राप्त गरेको छ ।

सुदूरपश्चिममा समानुपातिकतर्फ नागरिक उन्मुक्ति चौथो, कैलालीमा पहिलो 

प्रदेशसभातर्फ पनि ८७ हजाार २ सय ३६ मत ल्याएको छ । पहिलो हुने पार्टीमा भने एमाले रहेको छ । एमालेले प्रतिनिधिसभातर्फ २ लाख २७ हजार ८ सय ६० मत प्राप्त गरेको छ । त्यस्तै प्रदेशसभातर्फ २ लाख ४६ हजार १ सय ८८ मत प्राप्त गरेको छ ।

कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले प्रतिनिधिसभातर्फ २ लाख ३७ हजार ८ सय ६८ मत ल्याएको छ । प्रदेशतर्फ पनि २लाख ३७ हजार ७ सय ९० मत ल्याएको छ । माओवादी सुदूरपश्चिममा तेस्रो स्थानमा रहेको छ । माओवादीले प्रतिनिधिसभातर्फ १ लाख १५ हजार ५ सय ४४ मत ल्याएको छ । प्रदेशतर्फ १ लाख ६ हजार ७ सय ४१ मत ल्याएको छ ।

सुदूरपश्चिमभरमा चौथो स्थानमा आएको उन्मुक्ति पार्टी कैलालीमा पहिलो भएको छ । कैलालीमा प्रतिनिधिसभातर्फ ७४ हजार ४ सय ७ मत प्राप्त गरेको छ । प्रदेशतर्फ पनि ७४ हजार ९ सय ८६ मत ल्याएको छ । कैलाली जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३मा नागरिक उक्मुक्तिले जितेको छ ।

उन्मुक्तिले प्रतिनिधिसभातर्फको पहिलो हुने निर्वाचन प्रणालीमा कैलालीको १, २ र ३ निर्वाचन क्षेत्रको प्रतिनिधिसभामा जितेको हो । उक्त निर्वाचन क्षेत्रका ६ वटा प्रदेशसभा सदस्य पदमा ५ वटा उन्मुक्तिले नै जितेको छ ।

प्रकाशित : मंसिर १२, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?