उदयपुर-१ को मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन - प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुर-१ को मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन 

डिल्लीराम खतिवडा

उदयपुर — दुई दिनयता रोकिएको उदयपुर-१ को मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले अहिले पठाएको पत्रमा मतगणनापूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ । 

साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए पत्रबमोजिम मतगणना कार्यलाई दिने आयोगको निर्णय भएको भनिएको छ । प्राप्त पत्रकै आधारमा अहिले गणना सुरु गरिने मतगणनास्थलमा माइकिङ गरिएको छ ।

आयोगको पत्रपछि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अघिकृत कृष्णप्रसाद सुवेदीले बताए । आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको हो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छ्न । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छ्न भने एमालेकी मन्जुकुमारी चौधरिले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


प्रकाशित : मंसिर १२, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

उदयपुर-१ को मतगणना सवा ४ बजेबाट पुनः थालिने

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणना कार्य पुनः थालिने भएको छ । रोकिएको मतगणना आइतबार दिउँसो सवा ४ बजेबाट पुनः प्रारम्भ गर्ने निर्णय भएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । गणना रोकिएपछि आइतबार बिहान साढे १० बजेका लागि सर्वदलीय बैठक बोलाइएको थियो । बैठक भने अझै निष्कर्षमा पुग्न सकेको छैन ।

गणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिएकाले गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० बक्स खोलिएको थियो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् । विवाद सुरु भएपछि सर्वदलीय बैठक बस्ने गरी गणना रोकिएको थियो ।

७६ हजार ७५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मतगणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×