सुनसरी–१ (२) मा एमालेका विजय राई विजयी


सुनसरी — सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ मा नेकपा एमालेका विजयकुमार राई विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले १२ हजार ४ सय ६५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी राप्रपाका उम्मेदवार अनिश ढकालले ७ हजार ४ सय ८२ मत ल्याएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रेवतीरमण राईले भने ४ हजार ९ सय ८८ मत पाए । कांग्रेसका बागी उम्मेदवार रोहित सुब्बाले ६ हजार ८ सय ३९ मत पाए भने मेयर हर्क साम्पाङको टिमका स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईले २ हजार ६ सय ९८ मत पाए ।
कुल ७० हजार ५ सय ३८ मतदाता रहेको प्रदेशसभा २ मा कुल ३९ हजार १ सय ५३ मत खसेको थियो भने ३७ हजार २ सय सदर भएको थियो ।
प्रकाशित : मंसिर १२, २०७९ ०८:५२