समानुपातिकतर्फ माओवादीलाई उछिन्दै रास्वपा तेस्रो स्थानमा- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

समानुपातिकतर्फ माओवादीलाई उछिन्दै रास्वपा तेस्रो स्थानमा

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभरको समानुपातिक मतगणना जारी रहँदा आइतबार दिउँसोसम्म चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ ।

आइतबार दिउँसोसम्म समानुपातिकमा सर्वाधिक मत प्राप्त गर्नेमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । आइतबार साँझसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ४८ हजार ५५३ मत ल्याउँदै समानुपातिक तर्फ तेस्रो स्थानमा पुगेको हो । जवकि माओवादी केन्द्रले हालसम्म समानुपातिक तर्फ १० लाख ३७ हजार १५० मत ल्याएको छ ।

समानुपातिकतर्फ पहिलो स्थानमा भने २४ लाख ७७ हजार ५९० मतसहित नेकपा एमाले छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ५५ हजार ३८७ मत ल्याएको छ । हालसम्म ९० लाख ९१ हजार २५४ समानुपातिकतर्फको मतगणना भइसकेको छ ।

प्रत्यक्षतर्फको मतपरिणाम अनुसार कांग्रेस पहिलो स्थानमा, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र नेकपा एकीकृत समाजवादी चौथो स्थानमा छ ।

प्रकाशित : मंसिर ११, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्

वाणिज्यले ४ र विकास बैंकले ४.६ प्रतिशत ब्याज अन्तर कायम गर्नुपर्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकको ब्याज अन्तर (स्प्रेड) घटाएको छ । आइतबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले स्प्रेड घटाएको हो ।  

प्रतिकात्मक तस्बिर

‘वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ,’ समीक्षामा भनिएको छ, ‘यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ ।’

प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : मंसिर ११, २०७९ २०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×