लुम्बिनीमा प्रदेश र प्रतिनिधिसभामा एमाले पहिलो दल

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । प्रदेशसभाका प्रत्यक्षतर्फका ५२ सिटमध्ये १८ र प्रतिनिधिसभा तर्फका २६ सिटमध्ये ११ सिट जितेर एमाले लुम्बिनी प्रदेशमा पहिलो दल बनेको हो । 

लुम्बिनीमा प्रदेश र प्रतिनिधिसभामा एमाले पहिलो दल

कांग्रेस प्रदेशतर्फ कांग्रेस १७ सिट र प्रतिनिधिसभातर्फ ६ सिट जितेर दोस्रो दल बनेको छ । माओवादी ५ सिटसहित तेस्रो छ । जनता समाजवादी र स्वतन्त्रले ३/३ सिट जितेका छन् ।

नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले २/२ सिटमा बिजयी भए । सिके राउत नेतृत्वको जनमत पार्टी र लोकतान्त्रिक समाजवादीले १/१ सिट जितेका छन् । त्यस्तै प्रतिनिधिसभामा माओवादी केन्द्र र राप्रपा समान भएका छन् । दुवै दलले ३/३ सिट जितेका छन् । नेकपा एकीकृत समाजवादीले १, लोकतान्त्रिक समाजवादीले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।

२०७४ सालको निर्वाचनमा प्रदेशसभामा प्रत्यक्षतर्फ २७ सिट जितेको एमाले १८ सिटमा खुम्चिए पनि पहिलो दल बनेको हो । २०७४ मा प्रत्यक्षतर्फ ७ सिट मात्र जितेको कांग्रेस गठबन्धनको सहयोगमा १७ सिटमा पुगेको छ । २०७४ मा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमा १४ सिट जितेको माओवादी यस पटक कांग्रेससँगको गठबन्धनबाट ५ सिटमा खुम्चिएको छ ।

२०७४ को निर्वाचनबाट ५ दल लुम्बिनी प्रदेशसभामा छिरेका थिए । तर, यसपटक दलको संख्या बढेर ८ पुगेका छन् । प्रदेशसभाबाट जनमोर्चा बाहिरएको छ भने, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी र राप्रपा थपिएका छन् । जनमोर्चा र एकीकृत समाजवादी समानुपातिकतर्फबाट प्रवेश हुन्छन् वा हुँदैनन् निश्चित भइसकेको छैन ।

५२ प्रत्यक्षबाट र ३५ सिट समानुपातिक गरी प्रदेशसभा ८७ सदस्यीय हुन्छ । कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएपछि प्रदेश सरकार गठनमा अन्योल र चर्चा बढेको छ । पुरानै गठबन्धनले पनि बहुमत पुर्‍याउन नसकेपछि दलहरुले कसरी सरकार गठन गर्ने भन्ने विषयमा अनौपचारिक छलफल सुरु गरेका छन् । एमालले जसपाको साथमा राप्रपा र स्वतन्त्रलाई ल्याएर सरकार बनाउने प्रयास गर्नेछ । त्यो गर्दा २६ सिट हुनेछ । पुरानै गठबन्धन कायम रहेको अवस्थामा कांग्रेस नेतृत्वमा सरकार बन्ने छ । त्यसो गर्दा पनि कांग्रेसको १७, माओवादीको ५ र जनमत र नागरिक उन्मुक्ति र लोसपासमेत गर्दा २६ सिट पुग्ने छ ।

नागरिक उन्मुक्ति पार्टीले कांग्रेससँग गठबन्धन गरेर सरकारमा सहभागी हुने विषयमा सकारात्म भएको एक कांग्रेस नेताले बताए । उनको अनुसार कांग्रेसले सकेसम्म पहिलो चरणमै आफ्नो नेतृत्वमा सरकार गठनका लागि एमालेबाहेकका सबै दललाई मिलाएर सरकार गठनको प्रयास गर्नेछ । समानुपातिक मत परिणामबाट आउने ३५ प्रदेशसभा सदस्य निर्वाचित भएपछि मात्र सरकार गठनका लागि संख्याको गणना सुरु हुनेछ ।

प्रदेशमा स्वतन्त्रबाट निर्वाचित तिनै जना माओवादीबाट बागी उम्मेदवार बनेका हुन् । स्वतन्त्रमा रोल्पाका पुनसँगै पूर्वी रुकुम १ (१)का सुरुल पुन र पश्चिम नवलपरासी २ (१) का खड्ग बस्नेत छन् ।

प्रदेशसभामा विजयी दल र उम्मेदवार

नेकपा एमाले

१) लीलागिरी – रुपन्देही २ (१)

२) भोजप्रसाद श्रेष्ठ – रुपन्देही २ (२)

३) तुल्सीप्रसाद चौधरी – रुपन्देही ३ (२)

४) भूमिश्वर ढकाल – रुपन्देही ५ (१)

५) चिन्तामणि पाण्डे – गुल्मी १ (१)

६) डिल्लीराज भुसाल – गुल्मी २ (१)

७) दिनेशपन्थी – गुल्मी २ (२)

८) राजुप्रसाद श्रेष्ठ – पाल्पा १ (१)

९) खेमबहादुर सारु – पाल्पा १ (२)

१०) चेतनारायण आचार्य – अर्घाखाँची १ (२)

११) रामजीप्रसाद घिमिरे – अर्घाखाँची १ (२)

१२) विष्णु पन्थी – कपिलवस्तु १ (१)

१३) मधुशरणप्रसाद चौधरी – कपिलवस्तु १ (२)

१४) नवराज लामिछाने – कपिलवस्तु २ (१)

१५) अर्जुनकुमार केसी – कपिलवस्तु ३ (१)

१६) तुल्सीरामशर्मा – प्युठान १ (१)

१७) दुर्गाप्रसादचौधरी – बाँके १ (२)

१८) रत्नबहादुर खत्री – बाँके ३ (१)

नेपाली कांग्रेस

१) अब्दुल रज्जाक गद्दी – रुपन्देही १ (२)

२) वसिउद्दिनखाँ – रुपन्देही ४ (२)

३) विश्वप्रेम पाठक – नवलपरासी १ (१)

४) देवकरणप्रसाद कलवार – नवलपरासी १ (२)

५) सुधाकर पाण्डे – कपिलवस्तु २ (२)

६) सरोज थापा (रोज राणा) – प्युठान १ (२)

७) अनुराग खड्का – दाङ १ (२)

८) राजु खनाल – दाङ २ (१)

९) प्रचण्डविक्रम न्यौपाने – दाङ २ (२)

१०) डिल्लीबहादुर चौधरी – दाङ ३ (१)

११) बादशाह कुर्मी – बाँके ३ (२)

१२) धनबहादुर केसी – रुकुमपूर्व १ (२)

१३) भुवनेश्वर चौधरी – बर्दिया १ (१)

१४) जन्मजय तिमिल्सेना – बर्दिया २ (१)

१५) वीरबहादुर राना – पाल्पा २ (१)

१६) धनेन्द्रकार्की – गुल्मी १ (२)

१७) बैजनाथ कलवार जैसवाल – नवलपरासी २ (२)

नेकपा माओवादी केन्द्र

१) जोखबहादुर महरा –रोल्पा १ (१)

२) इन्द्रजीत थारु – दाङ १ (१)

३) कृष्णा केसी – बाँके १ (१)

४) तुलाराम घर्ती – पाल्पा २ (२)

५) धनबहादुर मास्की – दाङ ३ (२)

जनता समाजवादी पार्टी

१) भण्डारीलाल यादव – बाँके २ (१)

२) आदेशकुमार अग्रवाल – बाँके २ (२)

लोकतान्त्रिक समाजवादी पार्टी

१) सन्तोष पाण्डे – रुपन्देही ३ (१)

२) कन्हैयाबनिया – रुपन्देही ४ (१)

राष्ट्रिय प्रजातन्त्र पार्टी

१) आशिषकुमार चौधरी – रुपन्देही १ (१)

२) जानकीप्रसाद यादव – कपिलवस्तु ३ (२)

नागरिक उन्मुक्ति पार्टी

१) राजकुमार चौधरी – बर्दिया १ (२)

२) धर्मबहादुर चौधरी – बर्दिया २ (२)

जनमत पार्टी

१) चन्द्रकेश गुप्ता – रुपन्देही ५ (२)

स्वतन्त्र

१) दीपेन्द्रपुन – रोल्पा १ (२)

२) सरुल पुन – रुकुमपूर्व १ (१)

३) खड्ग बस्नेत – नवलपरासी २ (२)

प्रकाशित : मंसिर ११, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?