२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

झलनाथ खनाललाई हराउँदै इलाममा एमालेका महेश बस्नेत विजयी

विप्लव भट्टराई

इलाम — इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित भएका हुन् ।

झलनाथ खनाललाई हराउँदै इलाममा एमालेका महेश बस्नेत विजयी

बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गरेका छन् भने खनालले २३ हजार ८८ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए । उनले आधिकारिक घोषणा भने सोमबार मात्र गर्ने बताए ।

अधिकृत दाहाल भने, 'हाल समानुपातिक तर्फको मतगणना भइरहेको छ । कतिपय मतदाताले प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको ब्यालेट बक्समा खन्याएको पाइएकाले अन्तिम नतिजा भोलि मात्र सार्वजनिक गर्छौं ।'

बस्नेत जनसांस्कृतिक मञ्च हुँदै एमाले राजनीतिमा आएका थिए । उनी इलाम नगरपालिकाको दुई कार्यकाल मेयर भइसकेका छन् । बस्नेत नेपाल नगरपालिका संघको प्रदेश–१ संयोजकसमेत भएका छन् ।

प्रकाशित : मंसिर ११, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?