१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

माओवादी केन्द्रले समानुपातिकतर्फ १० लाख मत कटायो

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ हालसम्म १० लाख ७ हजार ७ सय २२ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८८ लाख ६ हजार ५ सय ६९ मतगणना सम्पन्न भएको छ ।

माओवादी केन्द्रले समानुपातिकतर्फ १० लाख मत कटायो

जारी मतगणनामा नेकपा (एमाले) २४ लाख २१ हजार ७ सय ९६ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख २ हजार ७ सय २६ मत प्राप्त गरेको छ । आइतबार अपराह्न ४ बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ७ सय ४२ मत प्राप्त गरेको छ । पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ६ सय ३०, छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २ हजार ७५४ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ३६ हजार ७ सय ५५ मत प्राप्त गरेको छ ।

यस्तै जनमत पार्टीले २ लाख ३५ हजार १ सय ४०, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १०८, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ७०३, नेपाल मजदुर किसान पार्टीले ७० हजार ४ सय ७२, हाम्रो नेपाली पार्टीले ४९ हजार ८ सय ९६, मङ्गोल नेशनल अर्गनाइजेशनले ४४ हजार २ सय ४९ र राष्ट्रिय जनमोर्चाले ४३ हजार ९ सय ७९ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार पाँच सय १९ मत प्राप्त गरेको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?