खोटाङमा सबैभन्दा बढी समानुपातिक मत एमालेलाई


खोटाङ — खोटाङमा प्रतिनिधिसभामा समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले मत प्राप्त गरेको छ । एमालेको २४ हजार २७१ मत खसेको हो । दोश्रोमा कांग्रेसले १८ हजार छ सय ७२ मत पाएको छ।

नेकपा माओवादी केन्द्रको ११ हजार आठ सय ४५, नेकपा (एकीकृत समाजवादी) को तीन हजार ३६, जनता समाजवादी पार्टीको दुई हजार दुई सय ४८ र राप्रपाको एक हजार दुई सय ५५ मत खसेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार चार सय ९७, आमूल परिवर्तन मसिहा पार्टीको एक सय ५३, मंगोल नेशनल अर्गनाइजेसनको एक सय २१, राष्ट्रिय जनमोर्चाको ४५, नेपाल मजदुर किसान पार्टीको ८५, लोकतान्त्रिक समाजवादी पार्टीको २५, जनमत पार्टीको ४३, मौलिक जरोकिलो पार्टीको ३, नेपाल समावेसी पार्टीको ३६, हाम्रो नेपाली पार्टीको ५५, जनता प्रगतिशीलको ९, नेपाल कम्यूनिष्ट पार्टी माओवादी समाजवादीको ८, राष्ट्रिय नागरिक पार्टीको २ मत आएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीको २१, नेपालका लागि नेपाली पार्टीको १५, राप्रपा नेपालको १५, मितेरी पार्टी नेपालको २, बहुजन एकता पार्टी नेपालको १४, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)को एक सय २१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ९, नेश्नलिष्ट पिपल्स पार्टीको ९, नेपाल लोकतान्त्रिक पार्टीको ६, राष्ट्रिय जनमुक्ति पार्टीको ४, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)लाई ८, नेपाली कांग्रेस (बीपी)को १४, तराई मधेश लोकतान्त्रिक पार्टीको ११ मत आएको छ ।
नेपाल जनता पार्टीको ५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालको १९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको २०, पिछडावर्ग निषाद दलित जनजाति पार्टीको ४, नेपाल कम्युनिस्ट पार्टी परिवर्तनको १०, नेपाल कम्युनिस्ट पार्टीको १२, बहुजन शक्ति पार्टी १, विवेकशील साझा पार्टीको १०, एकीकृत शक्ति नेपालको ५, नेपाल संघीय समाजवादी पार्टीको ३८, जनजागरण पार्टी नेपालको १३ मत आएको छ । एक लाख ४२ हजार सात सय ९२ मतदातामध्ये प्रतिनिधिसभा समानुपातिकतर्फ ४७ दललाई ६७ हजार नौ सय ८९ मत खसेको थियो ।
प्रकाशित : मंसिर ११, २०७९ १५:०९