कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मोरङ १ मा कांग्रेसका लिम्बू निर्वाचित

मोरङका ६ क्षेत्रमध्ये तीन कांग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र एक–एक विजयी
विनोद भण्डारी

काठमाडौँ — प्रतिनिधिसभा मोरङ क्षेत्र नम्बर १ मा नेपाली सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति डिगबहादुर लिम्बू विजयी भएका छन् ।

मोरङ १ मा कांग्रेसका लिम्बू निर्वाचित

उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतले पराजित गर्दै दोस्रो जित दर्ता गरेका हुन् । मोरङका सभापति समेत रहेका लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा लिम्बू खतिवडासँग ६ हजार मतले पराजित भएका थिए । त्यसअघि लिम्बूले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा खतिवडालाई पराजित गरको थिए ।

योसँगै मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनीक भएको छ । यहाँको क्षेत्र नम्बर १ मा कांग्रेसका लिम्बु सहित ३ मा सुनिल शर्मा र ६ मा डा. शेखर कोइराला विजयी हुँदा क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ४ मा माओवादी केन्द्र अमनलाल मोदी र ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् ।

२०७४ को निर्वाचनमा मोरङमा कांग्रेसले एक, एमालेले तीन, माओवादी केन्द्रले दुई क्षेत्रमा जितेको थियो ।

प्रकाशित : मंसिर १०, २०७९ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?