राजेन्द्र महतोलाई हराउँदै महिन्द्र तेस्रोपटक विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

राजेन्द्र महतोलाई हराउँदै महिन्द्र तेस्रोपटक विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा महिन्द्र राय यादव विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै यस क्षेत्रबाट लागातार तेस्रोपटक विजयी भएका हुन् ।


प्रतिनिधिसभामा महतोविरुद्ध भने यादवको यो दोस्रो जित हो । सत्ता गठबन्धनतर्फको आधिकारिक उम्मेदवार यादवले गठबन्धनकै अर्को दल लोसपाका उम्मेदवार महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका हुन् ।

यादव र महतो दुवै गठबन्धनमै भए पनि मित्रवत प्रतिस्पर्धामा उत्रेका थिए । क्षेत्र नं २ को सदरमुकाम मलंगवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यादवले २३ हजार ५२९ मत ल्याउँदा महतोले २१ हजार ५१८ मत ल्याएका छन् । यहाँ जसपा– एमाले गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत पाए ।

यादव यसअघि २०७० को निर्वाचनमा पनि महतोलाई पराजित गर्दै २ हजार ५ सय मतान्तरले विजयी भएका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरी- २ मा एमालेका भीम आचार्य विजयी

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएका छन् । उनले ३२ हजार ८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गरे । कांग्रेका महतले २६ हजार ५८ मत प्राप्त गरेका छन् ।


आचार्य यसअघि प्रदेश नं १ को सदस्यमा निर्वाचित भइ छोटो अवधिका लागि मुख्यमन्त्रीसमेत बनेका थिए ।यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा १९ हजार ३ सय ८६ मत ल्याएर तेस्रो स्थानमा पुगे ।

एमालेका भीम आचार्यले ०६४ यता हरेक चुनावमा सुनसरीबाट निर्वाचित हुँदै आएका छन् । यसअघि संविधानसभा ०६४ र ०७० को चुनावमा तत्कालीन सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए भने ०७४ मा सुनसरी क्षेत्र नं १ को १ बाट प्रदेशसभामा निर्वाचित भएर अन्तिम समयमा मुख्यमन्त्री भएका थिए ।

यसपटक सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिँदै विजयी भएका हुन्। आचार्य २०६५ देखि २०६९ सम्म एमाले संसदीय–संविधानसभा दलको प्रमुख सचेतक समेत बनेका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×