१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुनसरी- २ मा एमालेका भीम आचार्य विजयी

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएका छन् । उनले ३२ हजार ८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गरे । कांग्रेका महतले २६ हजार ५८ मत प्राप्त गरेका छन् ।

सुनसरी- २ मा एमालेका भीम आचार्य विजयी

आचार्य यसअघि प्रदेश नं १ को सदस्यमा निर्वाचित भइ छोटो अवधिका लागि मुख्यमन्त्रीसमेत बनेका थिए ।यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा १९ हजार ३ सय ८६ मत ल्याएर तेस्रो स्थानमा पुगे ।

एमालेका भीम आचार्यले ०६४ यता हरेक चुनावमा सुनसरीबाट निर्वाचित हुँदै आएका छन् । यसअघि संविधानसभा ०६४ र ०७० को चुनावमा तत्कालीन सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए भने ०७४ मा सुनसरी क्षेत्र नं १ को १ बाट प्रदेशसभामा निर्वाचित भएर अन्तिम समयमा मुख्यमन्त्री भएका थिए ।

यसपटक सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिँदै विजयी भएका हुन्। आचार्य २०६५ देखि २०६९ सम्म एमाले संसदीय–संविधानसभा दलको प्रमुख सचेतक समेत बनेका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?