१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मतगणना एकलौटी भएको आरोप लगाउँदै झलनाथ खनालले मागे पुनः मतदान

विप्लव भट्टराई

इलाम — इलाम क्षेत्र नम्बर १ मा मतगणनाको सुरुदेखि नै पछाडि रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एकलौटी रुपमा मतगणना गरिएको आरोप लगाउँदै पुन: मतदानको माग गरेका छन् ।

मतगणना एकलौटी भएको आरोप लगाउँदै झलनाथ खनालले मागे पुनः मतदान

कर्मचारीतन्‍त्रका कारण मतगणना एकलौटी भएको आरोप लगाउँदै खनालले पुनः चुनावको माग गरेका छन् । विगतदेखि यस क्षेत्रबाट सांसद जित्दै आएका खनाल यो पटक मत गणनाको सुरुदेखि नै पछाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार उनी एमालेका महेश बस्नेतभन्दा २४ सय ५५ मतले पछाडि परेका छन् । बस्नेतले १८ हजार ५४२ मत ल्याउँदा खनालले १६ हजार ८७ मत प्राप्त गरेका छन् । नेकपा एसका सम्मानित नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनाल सत्ता गठबन्धनकातर्फबाट उठेका हुन् ।

प्रकाशित : मंसिर १०, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?