मुगु प्रदेश- १ मा एमाले र २ मा माओवादी विजयी

राजबहादुर शाही

मुगु — मुगुमा प्रदेश निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका पार्टी अध्यक्ष जीतबहादुर मल्ल र प्रदेश–२ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही विजयी भएका छन् ।

मुगु प्रदेश- १ मा एमाले र २ मा माओवादी विजयी

छायाँनाथ रारा नगरपालिका र मुगुमा कार्मारोङ गाउँपालिका जोडिएको प्रदेश निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका मल्ल ६ हजार ६ सय १८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनततर्फबाट एकीकृत समाजवादीका गोपालबहादुर बमले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।

१ हजार ६३ मतको अन्तरले बमलाई पछि पार्दै मल्ल विजयी भएका हुन् । त्यस्तै प्रदेश–२ मा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही ८ हजार ४ सय २९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा जित्न सफल भएका बम यस पटकको निर्वाचनमा प्रदेश–१ बाट प्रदेशसभा सदस्यमा पराजित भएका हुन् ।

प्रकाशित : मंसिर १०, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?