रुपन्देही-३ : गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहोरा विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

रुपन्देही-३ : गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहोरा विजयी

माधव ढुंगाना

भैरहवा — प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३मा राप्रपाका दीपक बोहरा विजयी भएका छन् ।

बोहोराले गृहमन्त्री एव‌ं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१ मत अन्तरले पराजित गरेका हुन् ।

रुपन्देही ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार ९३ हजार ६ सय ५ सय ६७ मतमध्ये बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेका थिए । खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । बोहरालाई एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार थिए ।

बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री र २०३८ मा पर्यटन सहायकमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्

बाजुरामा उच्च सुरक्षाबीच मतदान

अर्जुन शाह

धनगढी — गत आइतबार स्थागित भएको बाजुराको बुुढीनन्दा नगरपालिका ५ स्थित नन्देश्वरी मावि पीपलचौरमा गरिएको मतदान आज (शनिबार) पुन: सञ्चालन गरिएको छ ।

निर्वाचन कार्यालयका अनुसार शनिबार मतदान शान्तिपूर्ण ढंगले भइरहेको छ । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको बाक्लो उपस्थितिमा उच्च सुरक्षाबीच भएको मतदानमा दिउँसोसम्म ५ सय ६५ मते खसेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँको मतदाता संख्या ९ सय ९९ रहेको छ ।

मतगणनाबारे भने अन्योल कायम छ । जिल्लाका २४ मतदान केन्द्रमा निष्पक्ष तथा स्वतन्त्र मतदान नभएको कांग्रेस र एमालेको आरोप छ ।

कांग्रेसले ८ र एमालेले १६ मतदान केन्द्रमा पुन: मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी गरेका छन् । घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली शुक्रबार बाजुरा आएर सरोकारवालासँग बुझिरहेको छ ।

बाजुराको त्रिवेणी नगरपालिका ७ मा गत आइतबार मतदानको क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×