कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कार्यान्वयन नहुँदै संविधान काम लाग्दैन भन्ने शक्ति आए : सिंह

काठमाडौँ — कांग्रेसका शीर्ष नेता तथा काठमाडौं १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रकाशमान सिंहले राजनीतिक स्थिरता कायम गर्नतर्फ मुलुक अगाडि बढ्नुपर्ने बताएका छन् । उनले संविधानको विरोध गर्ने शक्तिहरू उदाएको अवस्थामा लोकतान्त्रिक र वाम शक्तिहरू मिलेर प्रतिनिधिसभाको आगामी कार्यकालमा संविधान कार्यान्वयन गर्नका लागि सबै कानुन निर्माण गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् । 

कार्यान्वयन नहुँदै संविधान काम लाग्दैन भन्ने शक्ति आए : सिंह

प्रतिनिधिसभा सदस्यमा काठमाडौं १ बाट निर्वाचित भएपछि शनिबार मतदातासँगको कार्यक्रममा सिंहले संविधानलाई कार्यान्वयन गर्न दलहरूको तत्परता आवश्यक भएको बताए । 'दुई संविधानसभाको निर्वाचन गरेर जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अहिले कार्यान्वयनको आवश्यकता देखेको छु । कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्ने क्रममा पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनमत नपाएकाले अस्थिरता हुन्छ कि भन्ने लागेको थियो,' उनले भने, 'अहिले हामीले संविधानलाई रक्षा गरेर कार्यान्वयन गर्नेतिर जानुपर्छ । दुई संविधानसभाको निर्वाचन गरेर जारी गरेको संविधान कार्यान्वय गर्नुपर्छ । कार्यान्वयन नै हुन लागेको छैन तर यो संविधान नै काम लाग्दैन भन्ने खालका शक्ति आइसकेको छ ।'

प्रतिनिधिसभाको परिणामले नेपालमा राजनीतिक अस्थिरता हुने हो कि भन्ने आशंका सिंहले व्यक्त गरेका छन् । उनले भने, 'नेपालको राजनीतिमा जहिले पनि अस्थिरता गर्ने, अस्थिर रह्यो भने धमिलो पानीमा माछा मार्ने शक्ति छन् । ती नेपालको भलो नचाहने हुन् ।'

प्रतिनिधिसभाको अबको कार्यकालमा संविधान कार्यान्वयन गर्नका लागि लाग्नुपर्ने सिंहको भनाइ थियो । 'लोकतान्त्रिक वाम गठबन्धनले संविधान कार्यान्वयन गर्न आवश्यक संघीय कानुन बनाउने हो । तीन तहका सरकारलाई तयार गरेका अधिकार कानुन बनाएर दिनुपर्छ । विकास निर्माणका साथै राष्ट्रिय, प्रदेशिक र स्थानीय मुद्दा अगाडि लानुपर्छ । सबैभन्दा बढी राजनीतिक स्थिरतामा जोड दिनुपर्छ । जारी संविधानलाई प्रभावकारी ढंगले अगाडि लानुपर्छ । राजनीतिक स्थिरता भए सुशासन हुन्छ । भ्रष्टाचार शून्य हुन्छ,' उनले भने । मुलुकमा संविधान कार्यान्वयन भएर राजनीतिक स्थिरता भएमा आर्थिक र सामाजिक पक्ष पनि बलियो हुने उनको भनाइ थियो ।

प्रकाशित : मंसिर १०, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?