कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुपन्देही ३ (२)मा एमालेका चौधरी विजयी

अमृता अनमोल

बुटवल — रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (२) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित भएका छन् ।

रुपन्देही ३ (२)मा एमालेका चौधरी विजयी

शनिबार बिहान सकिएको मतगणना परिणामअनुसार एमालेका चौधरीले कांग्रेसबाट उम्मेदवार बनेका प्रतिस्पर्धी रामचन्द्र ढकाललाई २ सय १ मतको अन्तरले पराजित गरेका हुन् ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट लुम्बिनी प्रदेशसभामा एमालेका उम्मेदवार चौधरीले १६ हजार ३ सय ९४ मतले निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार १६ हजार १ सय ९३ मत प्राप्त गरेका थिए ।

चौधरी २०७४ सालको निर्वाचनमा पनि लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?