कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलाम-२ मा पछि परे एमाले उपाध्यक्ष नेम्वाङ

विप्लव भट्टराई

इलाम — मतगणना सकिनै लाग्दा इलाम क्षेत्र नम्बर २ को प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष सुवासचन्द नेम्वाङ पछि परेका छन् ।

इलाम-२ मा पछि परे एमाले उपाध्यक्ष नेम्वाङ

निरन्तर अग्रता कायम गरेका नेम्वाङलाई इलाम नगरपालिका वडा नं. ३ को गणना सकिँदा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले अग्रता लिएका हुन् ।

खड्काले २८ हजार ४ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन् । यसअघि इलाम नगरपालिका–४ को गणना सकिँदा खड्का १ सय ३४ मतले पछि थिए ।

इलाम नगरपालिका गणना सुरु हुनुअघि नेम्वाङ करिव १९ सय मतले अघि थिए । चुलाचुली, माङसेवुङ र फाकफोकथुमसहित इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक, देउमाई नगरपालिका तथा माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा इलाम २ मा छन् ।

प्रदेशसभातर्फ इलाम २ ‘२’ मा कांग्रेसका गोविन्द गिरी अगाडि छन् । गिरीको १४ हजार ४ सय ५४ मत छ भने एमालेका गणेश बरालले १३ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । इलाम २ ‘२’ मा एमालेका राम राना विजयी भइसकेका छन् ।

क्षेत्र नं. १ तर्फ नेकपा एसका सम्मानित नेता एमालेका झलनाथ खनाल पछाडि छन् । एमालेका महेश बस्नेतको १७ हजार ५ सय ५ मत छ भने खनालले १४ हजार ८ सय ६४ मत ल्याएका छन् । क्षेत्र नं. १ ‘ञ्’ मा नेकपा एसकी खिनु लङ्वा र १ ‘२’ मा एमालेका दीपक थेवेको अग्रता छ ।

प्रकाशित : मंसिर १०, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?