कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेम्वाङसँग अग्रता घटाउँदै खड्का

विप्लव भट्टराई

इलाम — राष्ट्रिय चासोको विषयमा रहेको इलाम क्षेत्र नं. २ को मतगणना अन्तिम चरणमा पुग्दा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । गणनाको सुरुआतमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएता पनि त्यसपछि निरन्तर एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छन् । 

नेम्वाङसँग अग्रता घटाउँदै खड्का

तर पछिल्लो समय कांग्रेसका खड्काले अग्रता न्यून बनाएका हुन् । पछिल्लो परिणामअनुसार नेम्वाङसँग उनको फरक मत १ सय ३४ मात्र छ । नेम्वाङले २७ हजार ८ सय १९ मत पाउँदा खड्काले २७ हजार ६ सय ८५ मत ल्याएका छन् । कूल ६९ हजार ८५ मत खसेकोमा हालसम्म ६४ हजार २ सय २४ मत गणना भइसकेको छ ।

इलाम नगरपालिका गणना सुरु हुनुअघि नेम्वाङ करिव १९ सय मतले अघि थिए ।

अहिले इलाम नगरपालिका ३ नम्बर वडाको गणना भइरहेको छ । चुलाचुली, माङसेवुङ र फाकफोकथुमसहित इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक, देउमाई नगरपालिका तथा माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा इलाम २ मा रहेका छन् । गणना गर्न इलाम नगरपालिकाको २ र १ वडामात्र बाँकी छ ।

प्रदेशसभातर्फ इलाम २ ‘१’ मा कांग्रेसका गोविन्द गिरी अगाडि छन् । गिरीको १४ हजार ४ सय ५४ मत छ भने एमालेका गणेश बरालले १३ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । प्रदेश २ ‘२’ मा एमालेका राम राना विजयी भइसकेका छन् ।

क्षेत्र नं. १ तर्फ नेकपा एसका सम्मानित नेता एमालेका झलनाथ खनालसँग पछाडि छन् । बस्नेतको १७ हजार ५ सय ५ मत छ भने खनालले १४ हजार ८ सय ६४ मत ल्याएका छन् । क्षेत्र नं. १ ‘क’ मा नेकपा एसकी खिनु लङ्वा र १ ‘ख’ मा एमालेका दिपक थेवेको अग्रता छ ।

प्रकाशित : मंसिर १०, २०७९ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?