माेरङ १(२) मा एमालेका बस्नेत विजयी


माेरङ — माेरङ निर्वाचन क्षेत्र नम्बर १(२) मा यातायात व्यवस्था तथा सञ्चारमन्त्री नेकपा (एकीकृत समाजवादी)का उपेन्द्र घिमिरेलाई पछि पार्दै एमालेका खडगबहादुर बस्नेत प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले १ हजार ६७६ मतान्तरले सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) का घिमिरेलाई पछि पार्दै विजयी भएका हुन् ।

पूर्व जिल्ला विकास समिति सभापति बस्नेतले १४ हजार ५३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी घिमिरेले १३ हजार ८६३ मत प्राप्त गरेका छन् ।
पहिलाे प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन दल एमालेबाट निर्वाचित भएर मन्त्रीसम्मकाे यात्रा तय गरेका घिमिरे पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका थिए ।
माेरङमा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रकाे मत गणना सम्पन्न भएकाे छ । यश जिल्लास्थित १२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस र एमालेले ५/५ र माओवादी केन्द्रले २ निर्वाचन क्षेत्र जितेका छन् । ६ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेकाे माेरङमा क्षेतर १ काे मात्रै अन्तिम मत परिणाम आउन बाँकी छ ।
क्षेत्र नम्बर १ मा अझै १० हजार मतगणना गर्न बाँकी रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । यस क्षेत्रमा एमालेका निवर्तमान सांसद घनश्याम खतिवडा अहिलेसम्म भएकाे मत गणनामा २२ हजार ८९८ मत ल्याएर ५५ मतले अगाडि छन् ।
कांग्रेसका डिगबहादुर लिम्बूले २२ हजार ७४३ मत ल्याएर पछ्याइरहेका हुन् । माेरङमा ५ मध्ये २ वटामा कांग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले १/१ वटा क्षेत्र जितेका छन् ।
प्रकाशित : मंसिर १०, २०७९ ११:१५