१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले शनिबार बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख ११ हजार ३९१ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ४४ हजार १ सय ४८ मत प्राप्त गरेको छ । 

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४९ हजार ९ सय ९३ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख २६ हजार ९ सय ५७ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ८२ हजार ९ सय ७७, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख ५४ हजार ३२, नेकपा (एकीकृत समाजवादी) ले एक लाख दुई सय ८८ र नागरिक उन्मुक्ति पार्टीले एक लाख ३६ हजार २ सय ६७ मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?