तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 

चन्द्र कार्की

तेह्रथुम — नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै वाम-लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी नेता सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । गुरुङले १९ हजार ७ सय २ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरेका छन् । 

०७४ को निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित गुरुङ दोस्रो प्रयासमा यस पटक विजयी भइन् । जिल्लामा नेकपा एमालेका हेबीवेट नेता खापुङले पार्टी छोडेर उम्मेदवारी नदिएपछि गुरुङलाई चुनाव जित्न सहज भएको हो । यसअघि दुई पटकसम्म प्रत्यक्ष चुनाव जितेका र एक पटक समानुपातिक सूचीबाट सांसद बनेका एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बा तेस्रो पटक चुनाव जितेर संसद् छिर्ने प्रयासमा असफल बने ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निकट कांग्रेस केन्द्रीय सदस्य गुरुङ ०६४ र ०७० को संविधानसभा निर्वाचनपछि समानुपातिक सदस्य थिइन् । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन् ।


प्रकाशित : मंसिर १०, २०७९ ०१:५९
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तु - २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — कपिलवस्तु - २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार वृजेशकुमार गुप्‍तालाई ३१७ मतान्तरले पराजित गरेका हुन् । पराजित वृजेशकुमार गुप्‍ताले ३८६९७ मत ल्याएका छन् ।

आचार्य २०७० सालको दोस्रो संविधानसभा सदस्यमामा समेत विजयी भएका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ ०१:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×