कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कपिलवस्तु- ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी

मनोज पौडेल

कपिलवस्तु — एमालेले कपिलवस्तुमा प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । कपिलवस्तु क्षेत्र नम्वर ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् । उनी ३ हजार ६३७ मतको मतान्तरले विजयी बनेका छन् ।

कपिलवस्तु- ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी

विजयी गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत प्राप्त गरे । ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यदेखि निर्वाचन लड्दै आएका गुप्ता सातौं प्रयासमा प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् । निर्वाचन आयोगबाट विजेता घोषणा हुन भने बाँकी छ ।

प्रकाशित : मंसिर ९, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?