कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्रदेशसभामा दाजुभाइ निर्वाचित

माधव अर्याल

पाल्पा — मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्यमा पाल्पाका एकै परिवारका दाजुभाइ निर्वाचित भएका छन् । रुपन्देही क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भोज प्रसाद श्रेष्ठ र पाल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित राजु प्रसाद श्रेष्ठ सहोदर दाजुभाइ हुन् । दुवै जना नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रदेशसभामा दाजुभाइ निर्वाचित

पाल्पाको रामपुरबाट रुपन्देही बसाइ सरेका भोजप्रसाद २०५४ सालको बुटवल नगरपालिकाको नगरप्रमुखसमेत भएका थिए । यसैगरी रामपुरमै बसोवास गर्ने राजुप्रसाद पनि २०७४ मा रामपुर नगरपालिकामा नगरप्रमुखमा पराजित भएका थिए । यसपटक भने प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

भोजप्रसाद रुपन्देहीको बुटवलमा र राजु प्रसाद जन्मथलो रामपुरमै रहेर लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय छन् । भोजप्रसाद यसअघि २०७४ को निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्य भएका थिए ।

उनी केही समय लुम्बिनी प्रदेश सरकारको मन्त्रीसमेत भएका थिए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र २ (२) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वामदेव क्षेत्रीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

भोजप्रसादले १६ हजार ३ सय मत पाए भने प्रतिस्पर्धी क्षेत्रीले ९ हजार ४ सय १० मत पाएका थिए । पाल्पा क्षेत्र नं १(१) मा निर्वाचित राजु प्रसादले १७ हजार ६ सय ४२ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत पाए ।

प्रकाशित : मंसिर ९, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?