कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाल्पा-२ (२) मा माओवादी केन्द्रका तुलाराम घर्तीमगर विजयी

माधव अर्याल

पाल्पा — पाल्पा निर्वाचन क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तुलराम घर्तीमगर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । 

पाल्पा-२ (२) मा माओवादी केन्द्रका तुलाराम घर्तीमगर विजयी

घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी घर्तीमगरले १३ हजार ५१ मत प्राप्त गरेका छन् । घर्ती २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट वाम गठबन्धनबाट विजयी भएका थिए । यसपटक भने एकीकृत समाजवादी, कांग्रेस, जनमोर्चालगायतको गठबन्धनबाट विजयी भएका हुन् । नेकपा माओवादीका पोलिटब्युरो सदस्य रहेका घर्ती तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

क्षेत्र २ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चक्रपाणि पौडेलले ८ सय ९०, मंगोल नेसनल अर्गनाइजेसनका शिवबहादुर गाहाले ३ सय ७८ र राष्ट्रिय जनमुुक्ति पार्टीका इन्द्रबहादुर अस्लामीले ३ सय ४५ मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?