संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी


संखुवासभा — संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् । खड्काले एमालेका राजेन्दप्रसाद्र गौतमलाई ५ हजार ४ सय ३९ मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेसका खड्काले ३२१५८ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गौतमले २६७१९ मत ल्याए । खड्का र गौतम २०७० सालको संविधानसभा निर्वाचनदेखि नै प्रतिस्पर्धा गर्दै आएका हुन् ।
यसपटक १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेको संखुवासभामा ६५ हजार ३ सय ३७ मत खसेको थियो । २०७४ को निर्वाचनमा पनि गौतमलाई खड्काले हराएका थिए ।