कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् । खड्काले एमालेका राजेन्दप्रसाद्र गौतमलाई ५ हजार ४ सय ३९ मतान्तरले पराजित गरेका हुन् । 

संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी

कांग्रेसका खड्काले ३२१५८ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गौतमले २६७१९ मत ल्याए । खड्का र गौतम २०७० सालको संविधानसभा निर्वाचनदेखि नै प्रतिस्पर्धा गर्दै आएका हुन् ।

यसपटक १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेको संखुवासभामा ६५ हजार ३ सय ३७ मत खसेको थियो । २०७४ को निर्वाचनमा पनि गौतमलाई खड्काले हराएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?