१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बारा- २ (१) मा स्वतन्त्रबाट कलवार विजयी

लक्ष्मी साह

बारा — बारा निर्वाचन क्षेत्र नम्बर २ (१) मा स्वतन्त्र उम्मेदवार शारदाशंकर कलवार विजयी भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य बलवीर चौधरीलाई पराजित गरी उनी विजयी भएका हुन् ।

बारा- २ (१) मा स्वतन्त्रबाट कलवार विजयी

उनी यसअघि जनता समाजवादी पार्टीबाट यही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित थिए । व्यापारी पृष्ठभूमिका उनी त्यसबेला जसपाबाट पहिलोपटक निर्वाचित भएका थिए ।

यसपटक उनले चौधरीलाई २ हजार ४ सय २८ मतले पराजित गरेका हुन् । उनले जम्मा ९ हजार २ सय ९५ मत प्राप्त गरेका छन् भने चौधरीले ६ हजार ८ सय ६७ मत पाएका छन्। सत्ता गठबन्धनको तर्फबाट लोसपाबाट मोतिलाल कुसवाहा चुनावी मैदानमा थिए ।

प्रकाशित : मंसिर ९, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?