३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

काभ्रे-२ मा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा निर्वाचित

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । 

काभ्रे-२ मा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा निर्वाचित

बाँस्कोटाले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतले पराजित गरेका हुन् । बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार ४ सय ८२ मत पाएका छन् ।

हुमागाईंपछि क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं तेस्रो स्थानमा छन् । उनले १० हजार ५ सय ७३ मत पाएका छन् ।

बाँस्कोटा यसअघिको २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए । नेकपा एमालेका अध्यक्ष केपी ओलीको विश्वासिलो पात्र मानिने बाँस्कोटाले निर्वाचित भएपछि सञ्चार तथा सूचना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सञ्चारमन्त्री पद सम्हालेकै बेलामा २०७६ मा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी अडियो लिक भएपछि विवादमा मुछिएका थिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा बाँस्कोटासँग १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको कुल मत १ लाख ८७ हजार ३ सय ३० मतमध्ये क्षेत्र नम्बर २ मा १ लाख ३ हजार ३ सय ९१ मत खसेको थियो । काभ्रेका कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नम्बर १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?