झापा-४ (२) मा राप्रपाका भक्ति सिटौला निर्वाचित 

अर्जुन राजवंशी

बिर्तामोड — झापा क्षेत्र नं. ४ (२) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् । गठबन्धनअन्तर्गत कांग्रेसका एकराज उप्रेतीलाई ३ हजार ९ सय ७४ मतान्तरले पराजित गर्दै सिटौला पहिलो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् । 

झापा-४ (२) मा राप्रपाका भक्ति सिटौला निर्वाचित 

निर्वाचित सिटौलाले १९ हजार ४५ मत पाए । पराजित उप्रेतीले १५ हजार ७१ मत मात्र प्राप्त गरे । जिल्लामा राप्रपा र एमालेवीच चुनावी तालमेल भएको थियो । उक्त क्षेत्रमा ४६ हजार एक सय ९८ मत खसेकोमा २ हजार ३ सय ११ मत बदर भएको थियो ।

प्रकाशित : मंसिर ९, २०७९ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?